केही दिनयता नेपालमा रहेका भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपाल एक शान्तिप्रिय मुलुक रहेको र नेपालको विकास भारतको हितमा हुने धारणा सार्वजनिक गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक साक्षात्कारमा पूर्वविधायक एवं दिल्ली स्टडी ग्रुपका अध्यक्ष जोलीले नेपाली युवालाई रोजगारी दिने, शिक्षा, नयाँ विश्वविद्यालयको स्थापना, स्वास्थ्य क्षेत्रको विकास तथा अस्पतालको स्थापनाजस्ता आधारशिला खडाबाट नै नेपालको विकास हुने तर्क गरे ।
आफू एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आएको जानकारी दिँदै उनले नेपालको ऊर्जा विकासबाट भारतलाई पनि लाभ हुने बताए भने नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यै हस्तक्षेप नगरेको दाबी पनि गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चार पटक भ्रमण गरेर नेपालप्रतिको माया स्पष्ट दर्शाएको उल्लेख गर्दै नेता जोलीले आफूले १८ वर्षदेखि नेपालको घटनाक्रमलाई निकट भई नियालिरहेको खुलासा पनि गरे ।
प्रतिक्रिया