विवादित एशिया प्रशान्त सम्मेलन हुँदै

विवादित एशिया प्रशान्त सम्मेलन हुँदै


युनिभर्सल पिस फेडरेसनको आयोजनामा आजदेखि काठमाडौँमा विवादित एशिया प्रशान्त सम्मेलन हुँदैछ । राजधानीको ह्यात रिजेन्सी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन आधा दर्जन मुलुकका राष्ट्र-सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु नेपाल आइपुगेका छन् ।

सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन: अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ । सम्मेलनको अन्त्यमा काठमाडौँ घोषणापत्र जारी हुनेछ । सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखबाट सम्बोधन हुनेछ ।

उद्घाटन सत्रपछि ‘शान्ति, विकास, सुशासन र सांसदहरुको भूमिका’, ‘आस्थामा आधारित सङ्गठन र नागरिक समाजको भूमिका’, ‘जलवायु परिवर्तन’, ‘वर्तमान समयको महत्वपूर्ण चुनौती समाधान गर्न सञ्चारमाध्यमको भूमिका’ र ‘विश्वव्यापी शान्ति प्रक्रिया तथा शान्ति परियोजना’ विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।

व्यापक विवादमा एसिया प्यासिफिक सम्मेलन
एसिया प्यासिफिक सम्मेलन व्यापक विवादमा फसेको छ । तर, पनि सरकार अझै आफ्नो बचाउ गर्नं भने छोडेको छैन । विभिन्न तथ्य सार्वजनिक भएपपनि उसले सम्मेलनलाई कुनै एक आईएनजीको कार्यक्रम भनेर पन्छिरहेको छ । बरु ध्यान व्यस्थापन र सुरक्षामा भएको दाबी प्रस्तुत गरिरहेको छ । तथ्यगत प्रमाणसहितको सरकारले एसिया प्यासफिक सम्मेलनमा आफ्नो संलग्नता नभएको बताएपनि यससँग सम्बन्धित बिभिन्न तथ्यहरु छन् ।

सरकार ‘सह-आयोजक’ होइन भन्छ तर प्रमाणले भने ‘हो’ भन्छ
सरकार सहआयोजक होइन भन्छ तर प्रमाणले भने हो भन्छ । सरकारले सहआयोजक होइन भने पनि यूनिर्भसल पीस फेडरेसनको आधारिक वेव साइटमा भने सहआयोजक उल्लेख छ । निमन्त्रणा पत्रमा नेपाल सरकार र संसदको लोगो छ । यसमा आईक्यापको पनि लोगो राखिएको छ । एउटा यूनिभर्सल पीस फर फेडेरेसन र यससँग सम्बन्धित अर्को संस्था इन्टरनेशनल एसोसियसन अफ पार्लामेन्टिरियन्स फर पीस हो । यी दुवै एक अर्कासँग सम्बन्धित छन् । सरकारले भने जस्तै आइक्याप यसको आयोजक हो भने यिनीहरुको नाम यहाँ किन राखियो ।

सरकारका फरक-फरक अभिव्यक्ति
सञ्चार मन्त्री गोकुल बास्कोटा भन्छन् सम्मेलनको नेपाल सहआयोजक हैन् । तर, परराष्ट्र मन्त्रालयका सह प्रवक्ता भन्छन्, ‘लागो प्रयोगबारे हामीलाई थाहा छैन ।’ आइक्याप आयोजक भनिएपनि उसको वेवसाइटमा कतै पनि यो समिटका बारेमा जानकारी छैन् । उसको अफिसियल वेवसाइटले कतै पनि यो नेपालमा हुँदैछ भनेर भनेको छैन ।

आइक्यापको अक्टोबर २४ देखि २७ मस्कोमा आयोजना भएको स्टाण्डिङ कमिटीको बैठकमा समेत छलफल भएको कतै देखिएको छैन । सरकारले एसिया प्यासफिक समिटका समयमा सुरक्षा र अन्य व्यबस्थापनमा मात्र चासो राखेको बताएको छ । तर यूनिर्भसल पीस फेडरेसनको ववसाईटमा भने अक्टोबर २८ मा सम्पन्न भएको मयेरहरुको भेलामा नै प्रधानमन्त्री केपी शर्मा वलीले व्यक्तिगत रुपमा उपस्थित हुन भनेका छन् भनिएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यस कार्यक्रमको अध्यक्षका रुपमा छन् । कार्यक्रम आयोजनाका बारेमा आयोजित सम्मेलनमा समेत यो कार्यक्रम धर्म प्रचारको लागि होइन भने । तर कार्यक्रमको सबै प्रकृति हेर्दा धर्म प्रचार नै प्रष्ट हो भन्ने आधार प्रशस्त छ ।