पूर्वमन्त्री रानालाई पितृशोक

पूर्वमन्त्री रानालाई पितृशोक


पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई पितृशोक परेको छ ।

पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा नेकपा एमालेका प्रदेश नं ५ का सह–इन्चार्जसमेत रहेका रानाका पिता रुकबहादुर रानाको ९२ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको हो ।

मुटुसम्बन्धी समस्याका कारण उनको निधन भएको परिवारले जनाएको छ । रानाका पाँच छोरामध्ये सांसद राना माइला हुन् । रामपुर नगरपालिका–१ पाल्पाका राना परिवार काठमाडौँमा बस्दै आएका थिए ।