पोखराका नगरप्रमुख शान्तिदूत

पोखराका नगरप्रमुख शान्तिदूत


नेपाल युनेस्को सङ्घ संस्था तथा क्लबहरुको राष्ट्रिय महासङ्घले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई महासङ्घको शान्तिदूतमा मनोनयन गरेको छ ।

महासङ्घको वार्षिक साधारणसभाका अवसरमा उनलाई शान्ति र दिगो विकासका लागि थप भूमिका खेल्न आग्रहसहित शान्तिदूत घोषित गरिएको महासङ्घका अध्यक्ष आनन्दराज त्रिपाठीले जानकारी दिए ।

सभाले विधान संशोधन, वार्षिक कार्यक्रम र आर्थिक प्रतिवेदन पारित गरेको छ । सभामा २५ जिल्लाका १२५ जना प्रतिनिधि सहभागी रहेको साझा चौतारी युनेस्कोका सचिव रमेश पाण्डेले जानकारी दिए ।