सऱ्यो गुल्मी कांग्रेसको जिल्ला सम्मेलन

सऱ्यो गुल्मी कांग्रेसको जिल्ला सम्मेलन


– रमेश विश्वकर्मा, गुल्मी

यही मंसिर २० र २१ गते आयोजना हुने भनिएको नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको समय पछि सरेको छ । यही मंसिर २ गते जिल्ला कार्य समितिको बैठकले उपरोक्त मितिमा जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको थियो ।

अब आउँदो पौष २८ र २९ गते ऐतिहासिक जिल्ला सम्मेलन गर्ने तय भएको गुल्मी जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिएका हुन् ।

यो सम्मेलनलाई भव्यताका साथ सम्पन्न गराउनको लागि नेपाली काँग्रेसका क्रियाशील सदस्य, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थालाई आ–आफ्नो ठाउँबाट लाग्न सभापति श्रेष्ठले आग्रह गर्नुभयो ।

यही मंसिर २८ देखि पुस ३ गतेसम्म नेपाली कांग्रेसको महासमितिको भेला काठमाडौमा हुने भएकोले केन्द्रिय नेताहरु अनुपस्थित रहने भएकाले सम्मेलनको मिति सार्नुपरेको सचिव खिलध्वज पन्थीले जानकारी दिए ।