चिसो बढ्यो, पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली

चिसो बढ्यो, पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली


आज पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार राति उच्च हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ भने देशैभर चिसोको मात्रा बढेको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना बढेको औंल्याएको हो । रातको समयमा पश्चिमी तथा पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रह्यो । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ५ तथा अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री रहेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनसमा झरेको छ ।