प्रधानन्यायाधीशको टुंगो लगाउने संवैधानिक परिषदको तयारी

प्रधानन्यायाधीशको टुंगो लगाउने संवैधानिक परिषदको तयारी


नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न सोमबार ११ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाइएको छ । भोलि बस्ने संवैधानिक परिषद् बैठकले चोलेन्द्रशमशेर जबरा र दीपकराज जोशीमध्ये एकलाई सिफारिस गर्नेछ ।

न्यायपरिषदले प्रधानन्यायाधीशको लागि उनीहरूको नाम यसअघि नै पठाइसकेको छ । यसअघि जोशी संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेकोले जोशीको नाम कैफियतमा राखिएको छ ।

संसदीय सुनुवाइमा जोशी अस्वीकृत भएपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनेका थिए । मिश्रले उमेर हदका कारण एक महिनापछि अवकाश पाउँदै छन् ।