सदस्य सचिव विष्टलाई पितृशोक

सदस्य सचिव विष्टलाई पितृशोक


राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य सचिव केशवकुमार विष्टका पिता केवलमान विष्टको ९१ वर्षको उमेरमानिधन भएको छ । उनको आइतबार साँझ हृदयघातका कारण आफ्नै निवास इटहरी उपमहानगरपालिका– ४ मा निधन भएको हो ।

उनका श्रीमतीसहित तीन छोरा र तीन छोरी छन् । विष्टको सोमबार दाहसंस्कार गरिने राखेपका जनसम्पर्क अधिकृत लोकेन्द्र बस्नेतले जानकारी दिए ।