तुलसीपुरमा जिप दुर्घटना, दुईको मृत्यु तीनजना घाइते

तुलसीपुरमा जिप दुर्घटना, दुईको मृत्यु तीनजना घाइते


रोल्पाको कोइलाबाट तुलसीपुर (दाङ)तर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर-३ साततलेमा आज (१० कात्तिक) बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका-६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।