विधान मस्यौदामाथि छलफल गर्न काङ्ग्रेस बैठक जारी

विधान मस्यौदामाथि छलफल गर्न काङ्ग्रेस बैठक जारी


प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न तयार गरेको विधान संशोधनको प्रस्ताव मंसिर ९ गते नै केन्द्रीय कार्यसमितिमा पेस गरेको थियो । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काद्वारा पेश गरिएको प्रस्तावित विधान मस्यौदामाथिको छलफल अझै जारी छ ।

छलफलका लागि सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा सोमबार केन्द्रीय सदस्य बलबहादुर केसी, डा. नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शेखर कोइराला, जीवनबहादुर शाही, रत्ना शेरचन र किरण यादवले आ–आफ्नो धारणा राखेका कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।