त्रिविमा चार दिनदेखि नेविसंघ ताला

त्रिविमा चार दिनदेखि नेविसंघ ताला


सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।

कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी संघनिकटका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर अप्लिकेसन (बीसीए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको संघका त्रिवी एकाइका जगदीश भट्टले जानकारी दिए ।

उनीहरूले यही मंसिर १६ गते ताला लगाएका हुन् । उनीहरूले त्रिविले हालै ११६ क्याम्पसमा बीसीएलगायत अन्य विषयमा सम्बन्धन दिएकोमा त्यसको खारेजीको माग गरेका हुन् । उनले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत् रहने जानकारी दिए ।

तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. ऋदिशकुमार पोखरेलले जानकारी दिए ।