पहिलो चौमासिकमा मोरङका सडकमा १४ करोड खर्च

पहिलो चौमासिकमा मोरङका सडकमा १४ करोड खर्च


मोरङमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न सडक योजनामा कुल रु. १४ करोड ४० लाख ३२ हजार खर्च भएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार बरडंगा–आमबारी–उर्लाबारी सडकमा रु. पाँच करोड १६ लाख ९८ हजार, रंगेली रोडको रामचोकबाट नहरको बाटो हँुदै सीमा सडकसम्मको बाटोमा रु. एक करोड १६ लाख २३ हजार, तराई–मधेस सडक पूर्वाधार विशेष कार्यक्रममा रु. ६ करोड ३३ लाख २१ हजार, स्थानीय सडक पुल निर्माणमा रु. ४५ लाख ८६ हजार, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसामा रु. २० लाख खर्च भएको छ ।

यस्तै, कोसी राजमार्गको तरहरा–भेडेटारमा रु. १० लाख ३८ हजार, विराटनगर–सिंगिया–रंगेली–उर्लाबारी योजनामा रु. १० लाख, कोसी राजमार्गको इटहरी–भेडेटार योजनामा रु. एक लाख ३२ हजार, महेन्द्र राजमार्गको मावा–इटहरी–कोसी ब्यारेक योजनामा रु. ५० लाख, घिनाघाट–विराटचोक सडकमा रु. २० लाख, विराटनगर–रंगेली–उर्लाबारी सडकमा रु. १६ लाख ७२ हजार र दुहबी–इनरुवा कप्तानगञ्ज सडकमा रु. १० लाख खर्च भएको बताइएको छ ।

सोही अवधिमा डिभिजन कार्यालयले महेन्द्र राजमार्गको भन्टाबारी पुलमा रु. २० लाख, कोसी कटानमा रु. १० लाख, सेउती खोला पुलमा रु. १० लाख र मोरङको धमना खोला पुलमा रु. ४५ लाख ८५ हजार खर्च भएको कार्यालयका इन्जिनियर दुर्गा मण्डलले जानकारी दिए ।

यस्तै, डिभिजन कार्यालयबाटै रु. आठ करोड ७४ लाख लागतमा २०७६ पुस मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी गीताञ्जली कन्स्ट्रक्सनले लिएको सुनसरीको साहेबगञ्ज–सिमरिया सडकमा काम ३० प्रतिशत मात्र भएकोले कुनै पनि भुक्तानी नदिएको कार्यालयले बताएको छ ।