राजस्व छल्ने तीनवटा ट्रक नियन्त्रणमा

राजस्व छल्ने तीनवटा ट्रक नियन्त्रणमा


राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयाले भन्सार राजस्व छलेको आशंकामा तीनवटा ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

कार्यालय प्रमुख राजन बिसीका अनुसार विराटनगर भन्सारबाट कपडासहित अन्य खाद्यान्नका सामग्रीसहित काठमाडौं जान लागेका ट्रकको राजस्व छलेको आरोपमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

विशेष सुराकीको आधारमा आएको जानकारीको आधारमा उक्त तीनवटा ट्रकलाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग काठमाडौंलाई समेत जानकारी गराइएको प्रमुख बिसीले बताए । विराटनगर भन्सार कार्यालयका कर्मचारीले पनि उक्त ट्रकको सम्बन्धमा केही बोल्न चाहेका छैनन् ।