पेरीले अब अङ्ग नदेखाउने

पेरीले अब अङ्ग नदेखाउने


छोटा र पारदर्शी लुगा लगाएर चर्चित बनेकी पप गायिका केटी पेरीले अबदेखि त्यस्ता लुगा नलगाउने घोषणा गरेकी छिन् । शरीरमा चिपिक्क टाँसिने पारदर्शी लुगा लगाएर भित्री अङ्गहरूसमेत देखाउन धक नमँन्ने पेरीले हालै यस्तो निर्णय गरेकी हुन् । २५ वर्षीया पेरीले आफ्नो पुरानो पहिचानलाई छाडेर अब नयाँ लुकमा देखापर्ने बताएकी छिन् । हालै अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न भएको एउटा सङ्गीत कार्यक्रममा पेरीले भारतीय शैलीका लुगा लगाएपछि यो कुरा प्रमाणित भएको छ । आफ्नो चिरपरिचित शैलीभन्दा ठीक उल्टो देखिएकी पेरीले उक्त कार्यक्रममा अबदेखि आफू भड्किलो कपडा नलगाउने बताएकी थिइन् । दुई दिनसम्म चलेको उक्त सङ्गीत कार्यक्रममा पेरी निकै शालीन कपडा लगाएर प्रस्तुत भएकी थिइन् । पेरी विपरीत पहिरनमा प्रस्तुत भएपछि उनका प्रशंसकहरूसमेत अन्योलमा परेका छन् । जुन पहिरनले पेरीलाई विश्वचर्चित बनायो, अहिले त्यसैलाई चटक्क छाड्दा भोलि उनको क्यारियरमा कस्तो प्रभाव पर्ने हो त्यो निकै चासोको विषय बनेको छ । उनको यो निर्णयले भविष्यमा सकारात्मक वा नकारात्मक कस्तो असर पार्छ त्यो प्रतीक्षाको विषय बनेको छ ।
असफल विवाहले ओल्गाको मन कुँडियो
मोडलबाट अभिनेत्री बनेकी ओल्गा कुरयलेन्कोले अब कहिल्यै विवाह नगर्ने फैसला गरेकी छिन् । दुईवटा विवाह असफल भएपछि निरस बनेकी ओल्गाले अब जीवनभर एक्लै बस्ने निर्णय गरेकी हुन् । ओल्गाले आफू मानव भएकोले मानवीय व्यवहार गर्ने भए पनि पुनः घरजम गरेरचाहिँ नबस्ने बताएकी छिन् । दुईपटक विवाह गर्दा घरजम बसाउने र परिवार बढाउने सपना आफूले देख्दादेख्दै पनि त्यो अपूरो भएपछि निकै निरस भएको प्रस्ट पारेकी छिन् । २९ वर्षीया ओल्गाले यो कुरा सम्भव छ भन्दै अब जीवनभर एक्लै बस्ने बताइन् । अब कसैका लागि आफूले बलिदान नदिने प्रस्ट पार्दै आफ्नो जीवनलाई कसरी सफल पार्न सकिन्छ त्यसतर्फ लाग्ने बताएकी छिन् । ओल्गाको यो निर्णयप्रति उनका प्रशंसकहरूले प्रश्न तेर्साउँदा ओल्गाले आफू परिवार बसाउनेतर्फ इच्छुक नभएको बताइन् । मलाई अहिले घरजम शब्दले पोल्ने भएकोले आफू अहिले पनि यो कुरामा अडिग रहेको र भविष्यमा पनि रहने बताएकी छिन् । उनले प्रेम र पारिवारिक सम्बन्धको बारेमा विश्वास प्रकट गरे पनि गैरसम्बन्धलाई भने ठाडै नकारेकी थिइन् । हेरौँ मुखले बोलेजस्तै ओल्गाले आफूलाई व्यवहारमा कसरी उतार्छिन्, प्रतीक्षा गर्नैपर्ला ।
सेक्स गेम खेल्दा फासीको फन्दा
चीनका एक समलिङ्गी गायकले सेक्स गेमको बहानामा आफ्ना ६ जना साथीलाई यमलोक पुर्‍याइदिएका छन् । ३८ वर्षीय गायक झाउ यिपिङले ४० दिनभित्रमा ६ जनालाई झुन्ड्याएर मारेका थिए । समलिङ्गी पार्टनरको पत्ता लगाउन झोउले एक समलिङ्गी वेबसाइडमा विज्ञापन दिएका थिए । विज्ञापनमा सेक्स गेम खेल्नका लागि २३ देखि ४० वर्षसम्मको पुरुष समलिङ्गी खेलाडी हुनुपर्ने उल्लेख गरेका थिए । साथै झोउले सेक्स गेम खेल्ने पार्टनर गोलो अनुहार, छोटो कपाल र कसिलो शरीरको हुनुपर्ने र्सतसमेत राखेका थिए ।
सेक्स गेममा पार्टनरलाई उत्तेजित गराउन दस सेकेन्डसम्म फासीमा झुन्ड्याउनुपर्छ । झोउले पार्टनरहरूलाई यसैगरी झुन्ड्याएर यौन आनन्द लिँदै आएका थियो । एक दिन एउटा पार्टनरलाई १० सेकेन्ड फासीमा झुन्ड्याउने क्रममा ऊ छटपटिएको देखेर उसलाई बडो आनन्द आयो । उसले मानिस मर्नुभन्दा पहिले के-के गर्दोरहेछ भनेर जान्ने इच्छा नै पार्टनरहरूको मृत्युको कारण बन्दै गएको थियो । पार्टनरहरू छटपटिएर मृत्युवरण गरेको देख्दा निकै रोमाञ्चित हुने झोउले त्यसपछि क्रमिक रूपमा हत्याका घटनालाई दोहोर्‍याएको थियो । झोउले पहिलो हत्या एचआईभी पोजेटिभ पार्टनर फेंगको गरेको प्रहरीसमक्ष बयान दिएको छ । फेंग एचआईभी पोजेटिभ भएको थाहा पाएपछि झोउले उनीसँग सम्बन्ध बढाउन अस्वीकार गरे पनि फेंगले लगातार सताएपछि यस्तो घटना घटाएको बताएको छ ।

अपराध लुकाउने अनौठो प्रयास

एउटा चोरले आफूलाई निर्दोष देखाउन खतरनाक र अनौठो उपाय अपनायो तर उ असफल भयो । हालै दिल्लीको पहाडगन्जमा घटेको घटना अनुसार एउटा चोरले स्कुटीमा गइरहेकी एक युवतीको मोटो सिक्री चुँडालेर भाग्ने प्रयास गर्दा उसलाई प्रत्यक्षदर्शीहरूले रंगेहात पक्रिएर धोबी धुलाई गरे । यसरी नराम्रो चुर्टाई भेटेको चोरलाई अन्त्यमा पुलिसको जिम्मा लगाइयो । पक्राउपछि पुलिसले चोरलाई सिक्रीको बारेमा सोधपुछ गर्दा उसले आफूलाई निर्दोष सावित गर्न अन्य उपाय केही नदेखी सिक्री निलेको बतायो । पुलिसलाई त्यसमा विश्वास लागेन र सत्यतथ्य पत्ता लगाउन चोरलाई अस्पताल पुर्‍याइयो । अस्पतालमा एक्स-रे गर्दा उसको पेटमा साच्चै सिक्री देखिएपछि  अपरेशन गरी सिक्री निकालिएको थियो ।
– नवीन उप्रेती