इलाममा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सञ्चालन

इलाममा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सञ्चालन


इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर बिहीबारदेखि शुरु भएको छ ।

नेपाल नेत्रज्योति संघ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शुरु भएको शिविरमा एकै दिन सयजनाभन्दा बढीको आँखा परीक्षण गरिएको छ ।

मंसिर १५ गतेदेखि फाकफोकथुमकै फुएतप्पा, लुम्दे, एकतप्पा र फाकफोकमा शुरु भएको शिविरमा करिब दुई हजार जनाको आँखाको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको नेत्रज्योति संघका सहसचिव प्रकाश भट्टराईले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा करिब ६० जनाको शल्यक्रिया गरिने आयोजकले जनाएको छ । उक्त परीक्षण शिविरमा ५६ जना मोतिया बिन्दुका बिरामी भेटिएको र उनीहरूको मोतिया बिन्दुको शल्यक्रियाका लागि आमचोकमा शिविर राखिएको जनाइएको छ ।

शिविरको पहिलो दिन ११ जनाभन्दा बढीको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको डा. हनी केसीले बताए । शिविरमा विराटनगर आँखा अस्पतालका डा. केसीलगायत ११ जनाको चिकित्सकको टोलीले सेवा पु¥याइरहेको छ । शिविरमा मोतिबिन्दुको शल्यक्रिया, विद्यार्थीलाई निःशुल्क चस्मा वितरण तथा औषधि वितरण गरिएको छ ।

नेपाल नेत्रज्योति संघका उपाध्यक्ष तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिंगोले बितेको एक वर्षमा संघले एक हजारजनाको मोतिया बिन्दुको शल्यक्रिया गरेको बताए ।

सन् २०२० सम्ममा मोतियाबिन्दु र रतन्धो लागेको मानिसको संख्या न्यून बनाउने उद्देश्यले विभिन्न गाउँपालिकामा शल्यक्रियासहितको शिविर आयोजना गरिएको बताए ।