राजधानीमा नेता अधिकारीको शल्यक्रिया

राजधानीमा नेता अधिकारीको शल्यक्रिया


प्रोटेस्टको समस्याका कारण अस्वस्थ रहँदै आउनुभएका नेपाली काङ्ग्रेस धादिङका वरिष्ठ एवम् निष्ठावान नेता हरि अधिकारीको प्रेस्टेटको शल्यक्रिया सम्पन्न भएको छ । काठमाडौंको कुलेश्वरस्थित राजधानी हस्पिटलमा युरोलोजिष्ट डाक्टर अशोक कुँवरको टिमले नेता अधिकारीको शल्यक्रिया गरेको हो ।

विगत केही समयदेखि प्रोटेस्टबाट ग्रस्त रहनुभएका ६४ वर्षीय अधिकारीको आज साँझ (२१ मंसिर शुक्रबार) शल्यक्रिया सम्पन्न भएको हो । धादिङ जिल्लाको राजनीतिमा विशेष भूमिका निर्वाह गर्दै आउनुभएका अधिकारीको साधा जीवन, सरल स्वभाव एवम् समन्वयकारी भूमिकाको विपक्षी राजनीतिकर्मीहरूले पनि प्रशंसा गर्ने गर्दछन् ।