बोलाउँदै स्थगित हुँदै संवैधानिक परिषद् बैठक

बोलाउँदै स्थगित हुँदै संवैधानिक परिषद् बैठक


पुस ५ गतेसम्मका लागि स्थगित गर्ने भनिएको संवैधानिक परिषद्को बैठक आकस्मित रूपमा बुधबार बिहान बस्ने गरी डाकिएकोमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।

पुस ५ गते संवैधानिक परिषदको बैठक बस्दा प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ हुने भएकोले प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी ओलीले बुधबार बिहानका लागि बैठक बोलाउन लगाएका थिए ।

प्रधानन्यायाधीश सिफारिस गर्ने तयारीसहित बोलाइएको बैठक देउवा उपस्थित नभएपछि भोलि बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

न्यायपरिषद्ले सर्वोच्चका दुई वरिष्ठ न्यायाधीशको नाम प्रस्ताव गरेको दुई साता बित्दासमेत संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिस गर्न नसकेको अवस्थामा कहिले प्रधानमन्त्री त कहिले प्रतिपक्षी दलका नेताको कार्यव्यस्तता देखाउँदै बैठक स्थगित हुँदै आएका छन् ।