नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभाापति शेर बहादुर देउवाले विधानविपरीत काम गरेकोले पार्टीमा समस्या आएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले आज मन्थलीमा आयोजन गरेको कार्यक्रममा नेता सिंहले सो कुरा बताएका हुन । संचारकर्मीहरुले सोधेको जिज्ञासा शान्त पार्दै नेता सिंहले विभिन्न राजनीतिक मुद्धामा विधानलाई बेवास्त गरेर अघि बढेको कारण पार्टीमा विभिन्न गुट–उपगुट मौलाउँदै गएको स्वीकार्दै यसको अन्त्यका लागि आफुहरुले भुमिका खेलिरहेको बताए ।
जुनसुकै काम गर्नु अघि पार्टीको विधान छ र सो विधानको आधारमा काम गर्नू पर्छ भन्ने कुरा कसैले पनि नसम्झिदाँ पार्टीले अहिले ठुलो क्षती बेहोर्नु परेको उनको भनाई छ । पूर्व उपप्रधानमन्त्री, पूर्व उपसभापति समेत रहेका नेता सिंहले सबैको कमी कमजोरीको कारण गएको निर्वचानमा कांग्रेसलाई इतिहाँसमै ठूलो घाटा लागेको बताए ।
लोकतान्त्रिक पार्टीमा कसैको कुरा नसुनिकन एकलौटी ढङ्गले अगाडि बढ्दै जाने हो भने कांग्रेसलाई यो भन्दा ठूलो क्षेती पुग्ने दावि समेत गरे । नेपाल लोकान्त्रिक खेलकुद संघले मंगलबारदेखि मन्थलीमा गर्न लागेको दोस्रो गणेशमान सिंह स्मृति जिल्ला स्तरिय भलिबल प्रतियोगितमा सहभागी हुन आएका नेता सिंहले नेपालको राजनितिमा नेपाली काँगेसको भुमिकाको स्मरण गर्दे काँगे्रसको सुधार सम्भव भएको र त्यसका लागि आफु पनि योगदान गर्न तयार रहेको बताए ।
उनले स्थापना कालदेखिनै धेरै खालको आरोह र अवरोहहरु पार गर्दे आएको नेपाली कांग्रेसले मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भुमिका खेलेको पनि स्मरण गरे । उनले २०४६ सालको परिवर्तन राजतन्त्रको अन्त्य संविधान सभाको निर्वाचन र संघीय गणतन्त्रको स्थापनासम्म आइपुग्दा काँगेसको योगदानले उसले नेपालको राजनीतिमा मुलधारको नेतृत्व गर्दै आएको कुरा पुष्टि हुने पनि ठोकुवा गरे ।
प्रतिक्रिया