वैदेशिक शिक्षापछि देशको सेवा

वैदेशिक शिक्षापछि देशको सेवा


गण्डकी प्रदेशका प्रदेश प्रमुख बावुराम कुँवरले युवापुस्ताले वैदेशिक शिक्षापछि स्वदेश फर्केर देशको सेवा गर्नुपर्ने बताएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ(इक्यान) कास्कीले आयोजना गरेको छैटौँ ‘इक्यान शैक्षिक मेला’ को उद्घाटन गर्दै कुँवरले शैक्षिक परामर्शदाता संस्थाले विद्यार्थीलाई विदेशमा शिक्षा हासिल गरेपछि उतै बस्ने नभई स्वदेशको हित र विकासको लागि फर्कनुपर्दछ भन्ने राष्ट्रप्रतिको निष्ठा र देशभक्तिको भावना जागृत हुने गरी परामर्श दिइनुपर्ने बताए ।

इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले शैक्षिक परामर्शको क्षेत्रमा वैदेशिक लगानी आवश्यक नरहेको र यहाँ व्यवसायी सक्षम रहेकोमा जोड दिए । यही मङ्सिर २८ गतेसम्म सञ्चालन हुने मेलामा उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी प्रदान गरिने इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । विदेशका विभिन्न क्याम्पस तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा सहभागि हुने भएकोले एउटै स्थानमा भेटेर परामर्श लिन सकिने क्षेत्रीको भनाइ छ ।