महिलाको बलात्कारपछि हत्या प्रयास

महिलाको बलात्कारपछि हत्या प्रयास


नुवाकोट सदरमुकाममा गत मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने प्रयास भएको घटना सार्वजनिक भएको छ ।

विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जनाएअनुसार राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्ती करणीपछि ज्यान मार्ने प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता भएको छ ।

प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए, तर वृद्धाले प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन् । हाल पीडिताको काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको छ ।

अभियुक्त नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले बताएको छ ।