समाजसेवी मास्केको हृदयाघातबाट निधन

समाजसेवी मास्केको हृदयाघातबाट निधन


नेपाल बक्सिङ संघका पूर्वमुख्य प्रशिक्षक ओम मास्केकी धर्मपत्नी रचना मास्केको मंसिर २४ गते सोमबार निधन भएको छ । स्वर्गीय मास्केको निधन हृदयाघातबाट भएको उनका पति ओम मास्केले जानकारी गराएका छन् । नर्सिङ सेवामा कार्यरत मास्के सो दिन सामान्य अवस्थामा घर फर्किए पनि राति आठ बजे अचानक उनको स्वास्थ्य बिग्रिएको थियो । त्यसको केही समयपश्चात् नै उनी अचेत भएकी थिइन् । त्यसपछि मास्केलाई उपचारको लागि टिचिङ अस्पताल पु¥याए पनि उनलाई बचाउन नसकिएको परिवार स्रोतले बताएको छ ।

१९ वर्षदेखि नर्सिङ सेवामा कार्यरत स्वर्गीय मास्के नर्सिङ जेनेटिकमा स्नातकोत्तर हुन् । उनी सोही विषयअन्तर्गत रहेर वृद्धवृद्धाहरूको विशेष रूपमा सेवा गर्दै आएकी थिइन् । नर्सिङ शिक्षकको रूपमा समेत सेवा प्रदान गर्दै आएकी मास्के टिचिङमा लोकवृत्ति ज्येष्ठ नागरिक कोषको संस्थापक सदस्य हुनुको साथै उक्त संस्थाको सचिवको रूपमा कार्यरत थिइन् ।

दीनदुःखी र गरिबको सेवामा विशेष चासो राख्ने स्वर्गीय मास्केले आर्ट प्रदर्शन गरेर ५ लाख ज्येष्ठ नागरिक कोषमा जम्मा गरेकी थिइन् । त्यस्तै त्यसको व्याजबाट ७५ वर्षमाथिका वृद्धवृद्धाको उपचारमा सहयोग गर्दै आएकी थिइन् । कुशल चित्रकारका रूपमा परिचित मास्के संगीत क्षेत्रमा पनि परिचित नाम हो । उनले केही गीतमा आफ्नो स्वर दिनुका साथै मोडलिङ पनि गरेकी छिन् । स्वर्गीय मास्केका पति, एक छोरी र एक छोरा रहेका छन् ।