कांग्रेस महासमिति बैठक आजदेखि

कांग्रेस महासमिति बैठक आजदेखि


नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुक्रबार अर्थात आजदेखि काठमाडौँमा शुरु हुदैछ । कांग्रेसका विद्यमान विधान संशोधनलाई मुख्य एजेण्डाका रुपमा राखिएको महासमिति बैठकका लागि देशैभरिबाट कांग्रेस नेताहरु काठमाडौमा भेला भइसकेका छन् ।

पुस ३ गतेसम्म चल्ने बैठकमा अन्य ४ वटा दस्तावेज पनि पेश गरिन लागेको बुझिएको छ । बैठक आज सुरु भए पनि औपचारिक उद्घाटन भने भोलि शनिबार मात्रै हुने बताइएको छ । आज दिउँसो पार्टीको केन्द्रीय कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको कार्यक्रम राखिएको छ ।

उद्घाटन कार्यक्रम भने शनिबार ११ बजे रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा तय भएको जनाइएको छ । रामशाहपथमा उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन शत्रपछि बन्दशत्र सञ्चालन हुने र पुष ३ गतेसम्म महत्वपूर्ण छलफल हुने जनाइएको छ ।

बन्दसत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्ने, उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज तथा सह–महामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन, कोषध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने लगायतका कार्यक्रम रहेका छन् ।