फोटो पत्रकार शाहलाई रिहा गर्न माग

फोटो पत्रकार शाहलाई रिहा गर्न माग


देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार सङ्कलन तथा फोटो खिच्ने क्रममा प्रहरीले पक्राउ गरेको घटनाको राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) विरोध गरेको छ ।

समूहले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले फोटो पत्रकारले स्वतन्त्रतापूर्वक फोटो खिच्न पाउने अधिकारको हनन भएको जनाएको छ । ‘पत्रकारको संविधान प्रदत्त अधिकारमाथि प्रहरीले गरेको हस्तक्षपको राष्ट्रिय फोटो पत्रकार समूह विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

पेशागत कामको शिलशिलामा खटिएका फोटो पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको एनएफपीजेले जनाएको छ । पक्राउ परेकी शाहलाई तत्काल रिहा गर्न एनएफपीजेले माग गरेको छ ।