छुरा प्रहार गरी बाबुको हत्या

छुरा प्रहार गरी बाबुको हत्या


विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा घरायसी विवादमा छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ । छोरा चुनु मण्डलले बाबु शशिलाई छुरा प्रहार गरेपछि शशिको मृत्यु भएको हो । चुनुले दाजु आकाशलाई पनि छुरा प्रहार गरेका छन् ।

बिहीबार राति मादक पदार्थ सेवन गरी भएको विवादमा चुनुले बाबु शशि र दाजु आकाशलाई छुरा प्रहार गरेकोमा बाबु शशिको उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पु¥याइए पनि उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको बताइएको छ भने दाजु आकाशको सोही अस्पतालमा उपचार भइरहेको छ ।

शशि मण्डल, उनकी जेठी श्रीमतीतर्फका छोरा आकाश र शशिकै कान्छी श्रीमतीका छोरा चुनुबीच भएको घरायसी विवादमा मादक पदार्थ सेवन गरेका चुनुले छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरी फरार चुनुलाईलाई प्रहरीले नेपाल–भारतको सीमा क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।