वित्तीय प्रणालीमा स्थायित्व आएको अर्थमन्त्री दाबी

वित्तीय प्रणालीमा स्थायित्व आएको अर्थमन्त्री दाबी


अर्थमन्त्री डा. युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन् । काभ्रेको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उदघाटन गर्दै मन्त्री खतिवडाले महिलाको वित्तीय पहुँचमा पुँजी, सूचना र प्रविधिमा पहँुच पु¥याउन आवश्यक रहेको बताए ।

समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सबलीकरणमा पहँुच र आयआर्जनबाट उत्पादन शक्तिमा पुग्न आवश्यक रहेको अर्थमन्त्रीको भनाइ थियो । उनले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा सम्पूर्ण वित्तीय कारोबार गर्ने गैरसरकारी संस्थालाई लघुवित्त वित्तीय संस्थामा आउन आह्वान गरेको चार वर्षपछि नौ संस्था रुपान्तरण भएको र १६ संस्था बाँकी रहेको बताए ।

कार्यक्रममा संस्थाले राम्रो काम गर्ने प्रमुख तथा प्रतिनिधिलाई सम्मान गरिएको थियो । साँगामा केन्द्रीय कार्यालय रहेको सो संस्थामा ५७ हजार ७२१ ग्राहक सदस्य रहेको सो संस्थाले हालसम्म रु. तीन अर्ब १४ करोड ५० लाख ६५ हजार लगानी गरिरहेको संस्थाले जनाएको छ ।