९ पदाधिकारी राख्न कांग्रेसका नेताहरु सहमत

९ पदाधिकारी राख्न कांग्रेसका नेताहरु सहमत


सभापतिसहित ९ पदाधिकारी राख्न नेपाली कांग्रेसका नेताहरुमा सहमति देखिएको छ । तर, निर्वाचन पद्धतीबारे सहमति जुट्न भने सकेको छैन ।

जारी महासमिति बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहँदा महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरुले विधानका विवादित विषयमा सहमतिको प्रयास जारी राखेका छन् । उपसभापति, महामन्त्री र सहमहामन्त्री २/२ जना राख्न नेताहरु सहमत भएको बुझिएको छ ।

यो प्रयास जारी रहेपनि निर्वाचन पद्धतीमा भने सहमति जुट्न बाँकी छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरु निर्वाचित पदाधिकारीको संख्या बढाउने पक्षमा देखिएका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सबै निर्वाचित हुनुपर्ने धारणा राख्दै आएका छन् ।

अहिले विहान ९ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठक अगाडि सहमति जुट्ने केही नेताहरुको दाबी छ ।