वामदेवको प्रतिवेदनले नेकपाभित्र विवाद

वामदेवको प्रतिवेदनले नेकपाभित्र विवाद


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि जारी छ । पार्टी कार्यालय ध्रुम्बाराहीमा बोलाइएको बैठकमा राजनीतिक प्रतिवेदनमा छलफल हुने भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त प्रतिवेदन र फरक धारणा राख्दै आएका नेता वामदेव गौतमले पेश गरेको फरक मतसहितको प्रतिवेदनमाथि छलफल हुने नेकपाका नेताहरुले बताएका छन् ।

गौतमले पेश गरेको प्रतिवेदनमा एक मात्र अध्यक्ष हुनुपर्ने प्रस्ताव छ । गौतमले प्रतिवेदन पेश गरेपछि नेकपाभित्र विवाद चुलिदै गएको छ । यस्तै बैठकले प्रदेश कमिटी तथा केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने विषयमा पनि छलफल हुने नेताहरुको भनाई छ ।