आजको राशिफल (मंगलबार, ३ पुस २०७५, डिसेम्बर १८, २०१८)

आजको राशिफल (मंगलबार, ३ पुस २०७५, डिसेम्बर १८, २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि : दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रसन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । विलासमा पनि आकर्षण बढ्ला ।

बृष राशि : खेलकुदमा रूचि बढ्ला । भ्रमण गर्नुहुने सम्भावना पनि रहनेछ । हाँसविलासमा रूचि बढ्ला । खर्च होला । सामान हराउने डर रहला ।

मिथुन राशि : आय वृद्धि हुनेछ । रोकिएको धन भेटिनेछ । व्यापारमा सफलता मिल्नेछ । सुखको वस्तु बढ्ला ।

कर्कट राशि : कर्मयोगी रहनुहुनेछ । यश वर्चश्वमा वृद्धि हुनेछ । राजकीय पक्षसित सम्बन्धित काम बन्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । आरोग्यता वृद्धि होला ।

सिंह राशि : यात्रा होला । भाग्यवर्द्धक काम बन्नेछ । धर्म–कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।

कन्या राशि : कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । नियम–कानूनलाई ध्यानमा राखेर काम गर्नु उत्तम हुनेछ ।

तुला राशि : सुख–समृद्धिमा वृद्धि हुनेछ । मान पुरस्कार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । जीवनसाथीको सहयोग भेट्नेछ । अरुसित मिलेर काम गर्नु बेस रहला ।

वृश्चिक राशि : आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ ।

धनु राशि : शैक्षिक र बौद्धिक काम बन्नेछ । ईष्टमित्रको सहयोग मिल्नेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सुख सन्तुष्टि बढ्नेछन् ।

मकर राशि : भागदौड भैरहला । खर्च र अनावश्यक भ्रमणप्रति सचेत रहनु उचित हुनेछ । स्वास्थ्यप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ राशि : विकासको नयाँ सम्भावना देखा पर्नेछ । आशा–उत्साहमा वृद्धि हुनेछ । यात्रामा सफलता मिल्नेछ । ईष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।

मीन राशि : बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान–पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ ।