आजको राशिफल (४ पुस २०७५ बुधवार, दिसेम्बर १९, २०१८)

आजको राशिफल (४ पुस २०७५ बुधवार, दिसेम्बर १९, २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष– सुख शान्ति र सफलता मिल्ने दिन छ । मिठो भोजन पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

बृष– भागदौड, भ्रमण भैरहने छ । खेलकूदमा रुचि बढ्ला । मनोरञ्जनमा आकर्षण बढ्नेछ । अरुको भर नपर्नु उचित हुनेछ । सामान हराउने डर रहला । लापर्वाही नगरी योजनानुसार कार्य गर्नु उचित हुनेछ ।

मिथुन– धन मान बढ्नेछ । आयस्रोत बढ्ला । कार्य व्यवसायको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ ।

कर्कट– सरकारी क्षेत्रसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उच्चाधिकारीहरूसित भेटघाट हुनेछ । उन्नति–पदोन्नति मिल्ने योग छ ।

सिंह– समय शुभ र भाग्यवर्द्धक छ । यात्रा होला । धर्मकर्ममा आकर्षण बढ्ला । मान–सम्मान बढ्नेछ ।

कन्या– चन्द्रमा राशिदेखि आठौँ स्थानमा भ्रमणशील रहेको हुँदा दिन मध्यम फलदायक रहनेछ । कुनै पनि प्रकारको लापर्वाही नगर्नु बेस रहला । चोटपटक लाग्ने र स्वास्थ्यसित सम्बन्धित भूलचुकप्रति सचेत रहनुपर्नेछ ।

तुला– सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नुको साथै सुखको वस्तु पनि भेटिने छ । मान–प्रशंसा मिल्नेछ ।

वृश्चिक– ऋण, रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । आफन्तको सहयोग समर्थन पनि मिल्नेछ ।

धनु– प्रेम क्षेत्रमा सफलता मिल्नेछ । सुख शान्ति बढ्ला । सन्तान सुख मिल्नेछ । साथीभाइको सहयोग समर्थन मिल्नेछ । विद्याबुद्धि बढ्ला ।

मकर– भागदौड व्यस्तता रहनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा विशेष ध्यान राख्नुपर्ला । विवाद आदिमा नपर्नु उचित रहनेछ ।

कुम्भ– सुख समृद्धि बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आँट उत्साह बढ्नेछ । यात्रापरक कार्य बन्ला ।

मीन– धन मान गौरव बढ्नेछ । सुख–शान्ति, समृद्धि बढ्ला । कार्य क्षेत्र र पारिवारिक क्षेत्रमा पनि अनुकूलता बढ्ला ।