ब्वायफ्रेण्ड होइन, सोझै हजबेन्ड

ब्वायफ्रेण्ड होइन, सोझै हजबेन्ड


anjanaअञ्जना श्रेष्ठ, नेपाली कलाकारिता क्षेत्रमा नयाँ नाम भए पनि यही क्षेत्रमा जमेर विशेष काम गरेर देखाउने उद्देश्य उनले लिएकी छिन् । यसकारण पनि अहिले नेपाली कलाकारिता क्षेत्रमा सङ्घर्षरत उनी बाहिर काम गर्दै र कलाकारितामा पनि अगाडि बढिरहेकी छिन् । गोरखाकी अञ्जना काठमाडौंको डल्लुमा बस्छिन् । थुप्रै म्युजिक भिडियोमा आफ्नो उपस्थिति जनाइसकेकी अञ्जनाले पछिल्लोपटक हास्य टेलिशृङ्खला ‘ल बबाल भो’मा प्रमुख भूमिका निभाइन् । अब चाँडै टेलिभिजनमार्फत दर्शकमाझ आउने तयारीमा रहेको यो शृङ्खलाबाट कलाकारिता क्षेत्रमा आफ्नो कामको रामै्रसँग तारिफ हुने कुराप्रति उनी ढुक्क देखिन्छिन् ।
० प्राइभेट अफिसमा जब गर्दै अभिनय क्षेत्रमा समेत लाग्न कसरी भ्याउनुहुन्छ ?
– अहिलेसम्म भ्याएकी नै छु । इच्छा भएपछि समय मिलाउन गाह्रो पर्दो रहेनछ ।
० मूल इच्छाचाहिँ के छ नि ?
– राम्रो कलाकार भनेर चिनिने ।
० लेडिजलाई त कलाकारितामा जम्न गाह्रो छ भन्छन् नि ?
– काम भनेको कुनै पनि सजिलो हुँदैन । लगनशीलता र मिहिनेत भयो भने सफलता हात लाग्छ भन्ने बुझेकी छु मैले ।
० घरबाट कत्तिको सपोर्ट छ नि ?
– मलाई घरबाट राम्रो सपोर्ट छ । त्यही भएर पनि जोस–जाँगर आइरहेको छ ।
० ब्वायफ्रेण्डबाट सपोर्ट छ कि छैन नि ?
– अहिलेसम्म ब्वाइफ्रेण्ड बनाएकी छैन । त्यो झमेलामा लाग्दिनँ अहिले ।
० यो उमेरमा ब्वायफ्रेण्ड बनाउनु झमेला हो र ?
– केही मेरा साथीहरूको देखेकी छु । अरूको देखेर नै पुग्यो मलाई । लभ–सभ होइन बेला आएपछि डाइरेक्ट बिहे गर्ने आफू त ।
० मनले खाएको कोही होला नि ?
– त्यस्तो छैन । म त काम कि कलाकारितामा मात्र ध्यान दिने हुँ । करियर बनाउने उमेरमा लभसभको चक्करतिर नलाग्ने भन्ने सोच हो ।
० भनेपछि सोझै बिहे ? बिहेको कुरा चलाएका छैनन् त परिवारले ?
– अहिले नै किन चलाउँथे ? बिहे गर्ने सोच आएपछि म नै कुरा राखौँला भनेकी छु मैले । अहिले किन हतार गर्नु र ?
० ‘ल बबाल भो’ मा कस्तो रोल छ नि ?
– रमाइलो, मनोरञ्जनात्मक र दर्शकहरूलाई हँसाउने खालको भूमिका हो ।

दुबईमा मोहन र सुनिताको रोमान्स
इच्छा, उद्देश्य र लगाव भयो भने कलाकारिता वा अभिनय क्षेत्रले स्वदेश र विदेश भन्दोरहेनछ । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ विश्वको जुनसुकै कुनामा पुगे पनि कलाकारिता मर्दोरहेनछ । त्यसमा केवल धैर्यता र संयम हुनुपर्दोरहेछ । पछिल्लोपटक यही कुराको प्रमाणित गरिदिएका छन् मोडल एवम् कलाकार मोहन बोगटीले ।
मोहन लामो समयदेखि यूएईमा बस्दै आइरहेका युवक हुन् । कामको सिलसिलामा विदेशिन बाध्य भए पनि अभिनयमार्फत आफ्नो उद्देश्य पूरा गरेर दर्शकहरूमाझ पुग्ने उनको चाहले क्रमशः मूर्तरूप पाइरहेको छ । छुट्टीमा नेपाल आउँदा पनि म्युजिक भिडियो र चलचित्रमा आफ्नो उपस्थिति जनाइरहेका छन् उनले ।
यसैबीच गत साता मोहन यूएईमा नै छायाङ्कन गरिएको म्युजिक भिडियोमा देखापरे । दयाराम घिमिरेको निर्देशन रहेको यो भिडियोमा बोगटीले यूएईमा नै बस्ने मोडल सुनिता शर्मासँग गीतको भावनाअनुरूप निकै मस्ती गरेका छन् । यूएईमा महत्वपूर्ण र रमणीय स्थानहरूमा छायाङ्कन गरिएको यो भिडियोमा समावेश गीतलाई चर्चित गायक राजेशपायल राईले गाएका हुन् । यूएईबाटै मोहनले घटना र विचारसँग भने, ‘यूएईजस्तो सुन्दर देशमा राजेशपायल राईको गीतमा अभिनय गर्न पाउनुलाई मैले उपलब्धिको रूपमा लिएको छु । यो मेरा लागि ठूलो अवसर हो ।’
झट्ट हेर्दा शारीरिक रूपमा नेपालमा चलेका कुनै अभिनेताभन्दा कम नलाग्ने मोहन अब सिनेमामा देखिने तयारी गर्दै छन् । उनी चाँडै ठूलो पर्दाको चलचित्रमा नायकको रूपमा देखिनेछन् । ‘अब क्रमशः कलाकारितामा फड्को मार्दै यो क्षेत्रमा स्थापित हुने जमर्कोमा लागिपरेको छु,’ मोहनले भने । राजेशको अलावा मोहनले विकास चौधरीको आवाज रहेको गीतको भिडियोमा प्रमुख पात्रको रूपमा अभिनय गरेका छन् ।

malvika-subbaमाल्भिकालाई गाह्रो भो
पूर्व मिस नेपाल माल्भिका सुब्बालाई सरसर्ती हेर्दा खासै कुनै कुराको कमी देखिँदैन । सबै कुराबाट भरिपूर्ण र प्रतिभाले पोख्त उनलाई यतिबेला भने ‘हाउ फन्नी’ले तनाव दिन थालेको छ ।
‘हाउ फन्नी’ अरू केही नभएर माल्भिकाले निर्माण गर्न लागेको चलचित्र हो । टन्न दाम भएरै हो कि अरू कसैलाई देखाउन हो, उक्त चलचित्रको घोषणा पनि उनले -याडिसन होटलमा गरेकी थिइन् । माल्भिकाले बनाउन लागेको चलचित्रको तामझाम पनि त रामै्र हुनुप-यो नि ? त्यही भएरै होला उनले घोषणा त -याडिसनमा गरिन् तर छायाङ्कन भने कहाँ गर्ने हुन् त्यो अझै पत्तो छैन । ‘अरूको सिनेमा खेलेर र टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेर पारिश्रमिक लिँदाजस्तो सजिलो हुँदैन रहेछ चलचित्र बनाउन’ भन्ने माल्भिकाले बुझिसकेकी रहिछिन् । अरूको चलचित्र हेरेर ‘यस्तो भएन यस्तो हुनुपर्ने’ भन्दै समीक्षा गर्ने माल्भिकाको समीक्षा भने उनले फिल्मको सुटिङ सुरु गर्नुअगाडि नै हुन थालिसक्यो । सिनेमा निर्माण कार्य गाह्रो हुने बुझेरै होला यतिबेला उनी चलचित्र क्षेत्रसँग आबद्ध सङ्घ/संस्थाहरूसँग म नयाँ हुँ, मलाई सहयोग गर्नुप-यो funtimeभन्दै हिँड्न थालेकी छिन् । कुनै कलाकर्मीसँग बोल्नुपर्ला भनेर मुन्टो बटारेर हिँड्ने उनी अहिले आफैँ बोल्न थालेकी छिन् । सायद यसैलाई भनिएको होला कहिले सासू त कहिले बुहारीको पालो ।