आजको राशिफल (विहीबार, ५ पुस २०७५, दिसम्बर २०, २०१८)

आजको राशिफल (विहीबार, ५ पुस २०७५, दिसम्बर २०, २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि – दिन आर्थिक, बौद्धिक, रचनात्मक तथा शारीरिक उन्नतिदायक रहने छ । मान–पुरस्कार प्राप्त गर्नुहुनेछ । सुख शान्ति पनि मिल्नेछ ।

वृष राशि – दिनको पूर्वाद्र्ध भागदौडदायक रहला । उत्तराद्र्धमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला ।

मिथुन राशि – अन्न–धन बढ्नुको साथै दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ ।

कर्कट राशि – कर्म योगी रहनुहुनेछ । यश वर्चश्व वृद्धि होला । सुख–समृद्धि बढ्ला । उन्नति–पदोन्नति हुनेछ । राजकीय कार्य पनि बन्नेछ ।

सिंह राशि – यात्रा होला । धन यश मान पद प्रतिष्ठा बढ्नेछ । सुख शान्ति पनि मिल्नेछ ।

कन्या राशि – विहान ८ः२४ बजेसम्म चन्द्रमा तपाईंको राशिदेखि आठौँ स्थानमा भ्रमणशील रहला । यस अवधिभित्र कुनै पनि प्रकारको जोखिममा पर्नु र नियम–कानूनलाई उपेक्षा गर्नु उचित हुने छैन । यसपछिबाट शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

तुला राशि – ग्रहगोचर मिश्रित फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ ।

वृश्चिक राशी – समय अनुकूल एवम् फलदायक रहला । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ ।

धनु राशि – प्रेममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुखशान्ति बढ्नेछ । गीत–संगीतमा रूचि वृद्धि होला ।

मकर राशि – विहान ८ः२४ बजेसम्म स्वास्थ्यप्रति विशेष ध्यान राख्नुपर्ला । खर्च र विवादप्रति सचेत रहनु हितकर हुनेछ । यसपछिको समयमा कुनै पनि प्रकारको कार्यमा सफलता मिल्नेछ । प्रेम र परदेशमा सफलता मिल्नेछ ।

कुम्भ राशि – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान–प्रशंसा बढ्नेछ ।

मीन राशि – धन यश मान पद प्रतिष्ठा बढ्ला । मनोकुलको काम बन्नेछ । गौरव बढ्ला । सुख–शान्तिमा बढोत्तरी होला ।