प्रचण्डमाथि किरणका अठार आरोप

प्रचण्डमाथि किरणका अठार आरोप


नेतृत्व बेइमान भएको निष्कर्षरामहरि पाण्डे
माओवादी अध्यक्ष प्रचण्डमा विचलन आएको भन्दै विभिन्न गम्भीर आरोप लगाएर उपाध्यक्ष मोहन वैद्य ? किरण) र उनका पक्षधरहरूले प्रचण्डबारे पार्टीको तल्लो निकायसम्म आन्तरिक छलफल प्रारम्भ गरेका छन् । गत वैशाखमा नै प्रचण्डविरुद्ध लगाइएका अठार आरोप लिखित रूपमा प्रस्तुत गरी पार्टीमा छलफल चलाइएको हो । यतिबेला प्रचण्डबारे पार्टीभित्र आन्तरिक बहसमा ल्याइएको आरोपपत्रको सत्रौँ नम्बरमा प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति देखिएको, भिन्न मतलाई निषेध गरी शत्रुतापूर्ण बनाउने र भौतिक आक्रमण तथा कुटपिटमा उत्रनेजस्ता सामाजिक फासीवादी प्रवृत्ति देखिएको उल्लेख छ ।
आर्थिक आचरणमा भ्रष्टीकरणतर्फउन्मुख देखिएको भन्दै प्रचण्डमा पद, पैसा र प्रतिष्ठाका लागि नैतिक-अनौतिक जे पनि गर्ने प्रवृत्ति देखिएको, आर्थिक हरहिसाब र आय-व्यय कमिटी प्रणालीविहीन बनाएको र पूरै व्यक्तिवादी ढङ्गले पार्टीको स्रोत-साधनको दुरुपयोग गर्ने गरेको आरोपपत्रको १८औँ बुँदामा लेखिएको छ । १६औँ नम्बरको बुँदामा पार्टीको अन्तर्रराट्रय भाइचारा सम्बन्धलाई निषेध गरेको र वर्ग-दुश्मन विशेषगरी भारतीय खुफिया एजेन्सीसँगको सम्बन्धमा जोड दिएको आरोप प्रचण्डमाथि लगाइएको छ ।
‘अध्यक्ष कमरेडमा देखापरेको विचलनका समस्याहरू’ शर्ीष्ाक दिएर कार्यकर्तामाझ पुर्‍याइएको आरोपपत्रमा अध्यक्ष राजनीतिमा मध्यपन्थी अवसरवादी हुँदै दक्षिणपन्थी सुधारवाद र राष्ट्रिय आत्मर्समर्पणवादतर्फउन्मुख देखिएको, प्रधान अन्तरविरोध भारत र दलाल पुँजीपति वर्गसँग भनिए पनि व्यवहारमा नदेखिएको र कुनै पनि कुरा कार्यान्वयन नगरिएको, राष्ट्रिय स्वाधीनतालाई ओझेलमा पारिएको आरोप पनि प्रचण्डमाथि आरोपपत्रको पहिलो बुँदामा नै उहाँलाई दर्शनमा सारसङ्ग्रहवादीको संज्ञा दिएको छ ।
आरोपपत्रमा कार्यदिशा जनव्रि्रोह र कार्यनीति शान्ति र संविधानलाई बनाए पनि शान्ति र संविधानलाई नै सम्पूर्ण रणनीतिक कार्यदिशा बनाउन खोजेको, संविधान निर्माणमा जनताको सङ्घीय गणतन्त्र भन्ने तर, व्यवहारमा लोकतान्त्रिक गणतन्त्रतर्फकेन्द्रित हुने गरेको पाइएको, एकात्मक र केन्द्रीकृत प्रणालीमा जोड रहने गरेको, आत्मनिर्णयको अधिकार, अग्रअधिकार र महिला, दलितको विशेषाधिकार आदि सवालमा उपेक्षा गर्ने गरेको उल्लेख छ ।
त्यसैगरी राज्यका अङ्गहरूमा उत्पीडित जाति, महिला, मधेसी, दलित आदिको समानुपातिक प्रतिनिधित्व भनिए पनि व्यवहारमा कहीँकतै लागू नगरिएको उल्लेख गर्दै प्रतिनिधिसभालाई अधिकारसम्पन्न बनाउनुको सट्टा बुर्जुवाहरूको शक्ति पृथकीकरण सिद्धान्तअनुसार क्षेत्राधिकारबिनाको दुई सदन बनाई राष्ट्रिय सभा बनाउने, कार्यकारी प्रमुख शक्तिशाली बनाउने, न्यायपालिकाको स्वतन्त्रताको दुहाई दिँदै जनप्रतिनिधिहरूको सहभागिताबिनाको न्यायपरिषद् र संवैधानिक अदालतको र्समर्थन गर्न पुगेको पनि प्रचण्डलाई आरोप लगाइएको छ । खुल्ला सिमाना र बाह्य जनशक्तिको अतिक्रमण बढी रहेको अवस्थामा विदेशीहरूलाई अङ्गीकृत नेपाली नागरिकता वितरण गर्ने व्यवस्थालाई खुकुलो बनाएको भन्दै आरोपपत्रमा सेना समायोजनका लागि राष्ट्रिय सुरक्षा नीति, खुल्ला सिमानाको नियन्त्रण र सीमा सुरक्षा बलको व्यवस्थाबिना पीएलए ? माओवादी लडाका)लाई विशेष समिति मातहतमा लानुका साथै र्रि्रुपिङको नाममा क्यान्टुनमेन्ट खाली गराउने र लडाकालाई निशस्त्रीकरण गराउन खोजेको आरोपपत्रमा लेखिएको छ ।
आफ्नो नेतृत्वमा सरकार भएको बेलामा राष्ट्रिय स्वाधीन कृषिर्-अर्थतन्त्रलाई जोड दिनुपर्नेमा विदेशी एकाधिकार बहुराष्ट्रिय कम्पनी र विदेशी लगानी तथा पुँजीको बढावा दिने प्रकृतिका लगानी बोर्ड, विशेष आर्थिक क्षेत्र कार्यक्रम, विद्युत् ऐन, घरजग्गा ऐन आदि थुप्रै विधेयक ल्याएको तथा माथिल्लो कर्णाली र अरुण तेस्रोलगायतका निर्यातमुखी जलविद्युत् परियोजनाहरूमा भारतीय कम्पनीहरूको लगानीमा जोड दिएको पनि आरोपपत्रमा उल्लेख गरिएको छ ।
माओवादी स्रोतका अनुसार वैद्यले यसअघि प्रचण्डमाथि पार्टीभित्र मौखिक रूपमा त्यो पनि सामान्य खालका आरोप मात्र लगाउने गर्नुहुन्थ्यो । तर, यसरी खुल्ला र लिखित रूपमै अध्यक्ष प्रचण्डलाई आरोप लगाइएको माओवादी पार्टी इतिहासकै पहिलो घटना हो ।
प्रचण्डमाथि लागेका आरोपका आधारमा प्रचण्डलाई हेर्ने हो भने उहाँलाई कम्युनिस्ट भन्न ठ्याम्मै मिल्ने देखिँदैन । यदि यिनै आरोपका आधारमा वैद्यसँग प्रचण्डको सम्बन्ध विश्लेषण गर्ने हो भने दुई पक्षबीच भावनात्मक एवम् राजनीतिक सम्बन्ध टुटी प्राविधिक सम्बन्ध मात्र बाँकी रहेको निष्कर्षनिकाल्न सकिन्छ । आरोपपत्रमा उल्लिखित व्यहोरा हेर्दा माओवादी पार्टी अब धेरै लामो समय एकजुट रहने विश्वास गर्न सकिँदैन ।
माओवादी प्रवक्ता दीनानाथ शर्माले भने आफूलाई यसबारेमा केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठूलो पार्टीमा अनेकखाले कुराहरू आउँछन्, अनेक हल्ला चल्छन्, त्यसैले जानकारी नभएको विषयमा मेरो कुनै टिप्पणी छैन ।’