आजको राशिफल (शुक्रबार, ६ पुस २०७५, दिसम्बर २१, २०१८)

आजको राशिफल (शुक्रबार, ६ पुस २०७५, दिसम्बर २१, २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि – बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । धनसित सम्बन्धित काम बढ्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । घरको सुखशान्ति बढ्नेछ । मान पुरस्कार पाइनेछ ।

वृष राशि – सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान–सम्मान बढ्ला । विजय मिल्नेछ ।

मिथुन राशि – खर्च बढ्ला । विलास–परिहासमा आकर्षण बढ्नेछ । कुनै बस्तु हराउने डर रहनेछ । लापर्वाही नगर्नु उचित रहला ।

कर्कट राशि – धन–सम्पति बढ्ला । आय स्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुख शान्ति बढ्नेछ । कार्यमा सफलता मिल्नुको साथै पारिवारिक स्थिति पनि अनुकूल रहनेछ ।

सिंह राशि – उन्नति–पदोन्नति हुनेछ । कार्यमा नयाँ सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग–समर्थन प्राप्त हुनेछ । यशवर्चश्व बढ्ला ।

कन्या राशि – धर्मकर्ममा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख–शान्ति बढ्ला । ख्याति फैलिनेछ ।

तुला राशि – नियमकानूनलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ ।

वृश्चिक राशि – धन सम्पत्ति बढ्नेछ । सुख–शान्ति बढ्ला । आरोग्यता बढ्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला ।

धनु राशि – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

मकर राशि – प्रेममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला ।

कुम्भ राशि – खर्च बढ्नेछ । विवाद हुने सम्भावना रहला । ठगिने, धोखा हुने डर रहला । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ ।

मीन राशि – यात्रापरक काममा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।