आजको राशिफल (शनिबार, ७ पुस २०७५, दिसम्बर २२, २०१८)

आजको राशिफल (शनिबार, ७ पुस २०७५, दिसम्बर २२, २०१८)


जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मान–सम्मान बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ । आफन्त–सुख मिल्नुको साथै आशा–उत्साह बढ्ला ।

वृष – दिन शुभ र भाग्यशाली सावित हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ ।

मिथुन – खर्च बढ्नेछ । भागदौड भइरहला । खेलकुदमा रुचि रहला । योजना बनाएर काम गर्नु बेस हुनेछ ।

कर्कट – दिन लाभदायक र उन्नतिकारक रहनेछ । रोकिएको धन प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ ।

सिंह – कर्मयोगी रहनुहुनेछ । सुख समृद्धि बढ्नेछ । मान वर्चश्व बढ्ला ।

कन्या – धर्म–कर्ममा रुचि बढ्ला । यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

तुला – कुनै प्रकारको शारीरिक र आर्थिक काममा सचेत रहनु पर्नेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । चोटपटक लाग्नसक्ने कुराप्रति सचेत रहनु पर्नेछ ।

वृश्चिक – मिठो भोजन खान पाउनुहुनेछ । साझेदारीको कार्यमा सफलता मिल्नेछ । सुख–समृद्धि बढ्नेछ ।

धनु – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

मकर – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । मित्रलाभ होला ।

कुम्भ – कुनै पनि प्रकारको ठगी विश्वासघात आदिसित सचेत रहनुपर्नेछ । विवाद आदिमा नपर्नु बेस रहनेछ । खर्चमा ध्यान राख्नुपर्नेछ । स्वास्थ्यमा पनि ध्यान राख्नुपर्नेछ ।

मीन – आँट-साहस बढ्ला । आरोग्यता बढ्नेछ । सुख–समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग–समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।