साताको राशिफल (७–१३ पुस २०७५, डिसेम्बर २२–२८, २०१८)

साताको राशिफल (७–१३ पुस २०७५, डिसेम्बर २२–२८, २०१८)


मेष राशि – शनिवार शुभ र भाग्यवर्धक सावित हुनेछ । अन्नधन बढ्नेछ । मिठो भोजन मिल्नेछ । मान–गौरव बढ्नेछ । आइत–सोमबारतिर विकासको नयाँ सम्भावना देखापर्ला । आँट उत्साह बढ्नेछ । धन, यश, मान, महत्व बढ्ला । यात्रा होला । साथीभाइको सहयोग समर्थन मिल्नेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । दुःख दूर होला । मंगल–बुधबारतिर अनावश्यक खर्च बढ्ने, व्यर्थको यात्रा हुने, विवादमा परिने तथा धोखा आदिमा फसिने डर रहला । अरुको भर नपरी आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । विही–शुक्रबारतिर इष्टमितसित भेटघांट हुनेछ । प्रेममा सफलता मिल्नेछ । सुख–शान्ति बढ्नेछ ।

वृष राशि – शनिबार सुख–शान्ति बढ्ला । मान–सम्मान पनि बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । भोजभत्तेरमा सहभागी हुन पाउनुहुनेछ । आइत–सोमबारतिर बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । मान–पुरस्कार प्राप्त होला । मंगल–बुधबारतिर विकासको नयाँ सम्भावना देखापर्ला । आशा–उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विही–शुक्रबारतिर देखापरेको समस्याको समाधान मिल्नेछ । अरुको भर नपरी आफ्नै योजनानुसार काम गर्नु उचित रहनेछ ।

मिथुन राशि – शनिबार भागदौडवर्द्धक र खर्चकारक रहनेछ । लापर्वाही गर्नु उचित हुनेछैन । आइत–सोमबारतिर शुभ र भाग्यवर्द्धक काम हुनेछ । सुख–शान्ति मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मंगल–बुधवारतिर यश मान बढ्ला । धनधान्य हुने योग छ । सुख–समृद्धिमा वृद्धि होला । विही–शुक्रबारतिर समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको साथ पाइनेछ । उत्साह बढ्ला । विजयश्री मिल्नेछ । ऐश्वर्य वृद्धि हुनेछ ।

कर्कट राशि – शनिबार धन वृद्धि हुनेछ । कार्यमा सफलता मिल्नेछ । आइत–सोमबारतिर भागदौड भैरहला । खर्च बढ्नेछ । सुख–विलासमा रुचि बढ्नेछ । खेलकूद तथा भ्रमणमा आकर्षण बढ्नेछ । मंगल–बुधबारतिर आर्थिक पक्ष बलियो बन्नेछ । मान–गौरव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । विही–शुक्रबारतिर सुख–समृद्धि बढ्नेछ ।

सिंह राशि – आफन्तको सहयोग मिल्ला । पारिवारिक शान्ति विकसित हुनेछ । यात्रापरक काम बन्नेछ । आरोग्यता वृद्धि हुनेछ । साताका पहिलो तीनदिनमा काममा सफलता मिल्नेछ । सुख दायित्व बढ्ला । आय वृद्धि होला । चौथो र पाँचौँ दिनमा खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । खर्च बढ्नेछ । छैठौँ र सातौँ दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख–शान्ति बढ्नेछ । रसरागमा आकर्षण बढ्ला ।

कन्या राशि – साताका सुरुका पाँच दिन अत्यन्तै शुभ सावित हुनेछ । यात्रा होला । मनोकुलको काम बन्नेछ । दायित्व बढ्नेछ । विजयश्री मिल्नेछ । छैठौँ र सातौँ दिन भागदौड बढ्ला । रास–विलासमा रुचि बढ्ला । योजनानुसार काम गर्नु उचित हुनेछ ।

तुला राशि – शनिबार त्यति शुभकर देखिँदैन । शारीरिक र आर्थिक जोखिममा पर्नु उचित नहोला । नियम–कानूनलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । ऋण, रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । आइतबारदेखि शुक्रबारसम्मका दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा हुनेछ । मनोकुलको कार्य बन्नेछ । आय वृद्धि होला ।

वृश्चिक राशि – शनिबार विलासमा व्यतीत होला । आइत–सोमबारतिर जोखिमपूर्ण कार्यमा लाग्नु उचित हुनेछैन । नियम–कानून तोड्न खोज्नु प्रत्युत्पादक ठहरिने छ । मंगल–बुधबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्म–कर्ममा रुचि बढ्ला । यात्रामा सफलता मिल्नेछ । विही–शुक्रबारतिर मनोकुलको काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । विजय मिल्नेछ । राजकीय कार्य पनि बन्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

धनु राशि – साताका सुरुका दिन लाभदायक उन्नतिवर्द्धक र सुखकारक सावित होलान् । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मंगल–बुधबारतिर नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्य र चोटपटकप्रति सचेत रहनुपर्नेछ । विहीबार र आइतबार शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्म–कर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ ।

मकर राशि – साताको शुरुका पाँच दिनसम्म बौद्धिक र रचनात्मक काम बन्नेछ । धनसम्पत्ति बढ्ला । मिठो भोजन मिल्नेछ । सुखको वस्तु बढ्नेछ । साताका अन्तिम दुई दिनमा संयम र विवेकले काम गर्नुपर्ला । कुनै पनि जोखिमको काममा नफस्नु उचित हुनेछ ।

कुम्भ राशि – शनिबार भागदौड भैरहनेछ । विवाद आदिमा नपर्नु उचित होला । साताका बाँकी दिनमा सफलता र समृद्धि मिल्नेछ । सुख–शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ ।

मीन राशि – शनिवार सफलताकारक रहनेछ । आरोग्यता बढ्नुको साथै सुख–समृद्धि प्राप्त होला । आइत–सोमबारतिर खर्च बढ्ने र विवादमा पर्नुहुने सम्भावना रहला । ठगी–विश्वासघातीदेखि सचेत रहनुपर्नेछ । मंगल–बुधवारतिर मित्रमिलन हुनेछ । प्रेममा सफलता भेट्ला । शिक्षामा सफलता मिल्नेछ । सुख–शान्ति बढ्ला । विही–शुक्रबारतिर आरोग्यता बढ्ला । ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको–सहयोग समर्थन मिल्नेछ ।