आजको राशिफल (आइतबार, ८ पुस २०७५, दिसम्बर २३, २०१८)

आजको राशिफल (आइतबार, ८ पुस २०७५, दिसम्बर २३, २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आयात–निर्यातसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन प्रकाशनसम्बन्धी काम पनि बन्नेछ । आशा–उत्साह बढ्ला । सुख–सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।

बृष राशि – धन, यश, मान, महत्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । गौरव वृद्धि होला ।

मिथुन राशि– दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्ला । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट राशि – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट बनाएर मात्र काममा हात हाल्दा सफलता मिल्ने देखिन्छ ।

सिंह राशि – दिन लाभदायक र उन्नतिकारक रहला । धन, मान, सुख, समृद्धि बढ्नेछ ।

कन्या राशि – मनोकुलको काम बन्नेछ । राजकीय पक्षसित सम्बन्धित काम बन्नेछ । यश, वर्चश्व बढ्ला । सुख–शान्ति मिल्नेछ ।

तुला राशि – यात्रामा सफलता मिल्नेछ । धर्म–कर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखशान्ति मिल्ला ।

वृश्चिक राशि – दिन मिश्रित फलदायक रहला । नियम–कानूनलाई उपेक्षा गर्नु उचित हुनेछैन । जोखिममा नपर्नु बेश रहला ।

धनु राशि – सुख, समृद्धि, मान, यश र महत्व बढ्ला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । जीवनसाथीको पनि सहयोग–समर्थन मिल्नेछ ।

मकर राशि – आरोग्यता बढ्ला । मनोकुलको काम बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक प्रगति पनि हुनेछ ।

कुम्भ राशि – सन्तान सुख मिल्नेछ । इष्टमितको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मीन राशि – भागदौड ब्यस्तता बढ्ला । स्वास्थ्यसित सम्बन्धित कुरामा विशेष ध्यान राख्नुपर्नेछ । अनावश्यक यात्रा हुने र अनावश्यक विवादमा नपर्नको निम्ति विशेष सजगता अपनाउनु आवश्यक छ ।