आजको राशिफल (सोमबार, ९ पुस २०७५, दिसम्बर २४, २०१८)

आजको राशिफल (सोमबार, ९ पुस २०७५, दिसम्बर २४, २०१८)


जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । यात्रामा सफलता मिल्नेछ । सुख–समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ–नयाँ संकेत देखापर्ला ।

वृष राशि – धन मान सुख समृद्धि बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । धनसित सम्बन्धित काम बन्नेछ । सभा–समारोहमा सम्मानित हुनुहुनेछ । पारिवारिक सुख शान्ति बढ्ला ।

मिथुन राशि – दिन शुभ र भाग्यवर्द्धक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । धन–सम्पत्ति वृद्धि हुनेछ । कार्यव्यवसायको क्षेत्रमा सफलता मिल्नेछ । रसरागमा पनि आकर्षण बढ्ला ।

कर्कट राशि – दिउँसो ४ बजेर १९ मिनेटसम्म चन्द्रमा राशिदेखि बाह्रौँ स्थानमा भ्रमणशील रहनेछ । यस अवधिभित्र खर्च बढ्नेछ, साथै धोखा हुने डर रहला । यसपछिको समयमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । सुख–आनन्द बढ्ला ।

सिंह राशि – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । आयस्रोत बढ्ला । उधारो लगानी लगाइएको धन बढ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ ।

कन्या राशि – कार्यमा सफलता मिल्नेछ । यश–वर्चश्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । सुख–समृद्धि बढ्ला । सरकारी कार्यमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।

तुला राशि – यात्रा होला । भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । सुख–समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ ।

वृश्चिक राशि – चन्द्रमा राशिदेखि आठौं स्थानमा दिउँसो ४ बजेर १९ मिनेटसम्म भ्रमणशील रहनेछ । यस अवधिभित्र कुनै प्रकारको शारीरिक र आर्थिक जोखिम नलिनु बेस रहनेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । यस पश्चातको समयमा शुभ र भाग्यवर््द्धक काम बन्नेछ ।

धनु राशि – दिउँसो ४ बजेर १९ मिनेटभित्र मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । सुख आनन्द मिल्नेछ । यसपछिको समयमा कुनै प्रकारको जोखिममा नपर्नु उचित हुनेछ ।

मकर राशि – आरोग्यता बढ्ला । धन समृद्धि वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ ।

कुम्भ राशि – प्रेमपथमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त होला । शैक्षिक र रचनात्मक काम बन्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ ।

मीन राशि – खेलकूद भ्रमणमा रुचि रहला । अनावश्यक खर्च बढ्ने र अनावश्यक यात्रा हुने सम्भावना रहनेछ । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ । अरुले विश्वासघात नगरोस् भनेर ध्यान राख्नुपर्नेछ । विवाद आदिप्रति सचेत रहनु पर्ला ।