तेस्रो नजर

तेस्रो नजर


pathakmanchसामाजिक बहिष्कारको हकदार ठग–जोडी
विश्वभरिमै भइरहेको हवाईटिकटको ठगी नियन्त्रण गर्न इन्टरपोलले कडाइ गरेपछि विगत १२ वर्Èदेखि लन्डन बसेर हवाईटिकटलगायत अनेकौँ ठगी र घात–घोटाला गरेर नेपालीकै नाम बद्नाम तुल्याउने अनोजमान चित्रकार र उनकी पत्नी सरस्वती चित्रकार दुई सातादेखि बेपत्ता भएका छन् । चित्रकारदम्पतीले काठमाडौंको ठमेलमा सञ्चालन गरेको कस्तुरी ट्राभल्समार्फत कैयनलाई ठगेपछि भागेर लन्डन पुगेका थिए । अनेकौँ ठगीका उजुरी परेपछि काठमाडौंमै पक्राउ परेका अनोजमानलाई पूर्वरापंस रहेका गोरखाका वीरेन्द्रकुमार पोखरेलले प्रहरीमा जमानी बसेर थुनामुक्त गरेका थिए । तर, ठग अनोजमान पोखरेललाई समेत छक्याउँदै पत्तै नदिई लन्डन भागेका थिए । यसबाट पोखरेललाई समेत त्यतिबेला निकै अप्ठ्यारो परेको थियो ।
चित्रकारदम्पतीको ठगीको सिकार हुनेमा विभिन्न क्षेत्रका नागरिकका अलावा नेपाली विद्यार्थी र काठमाडौंबाट प्रकाशित हुने एक दैनिक अखबारका लन्डनस्थित संवाददाता नवीन पोखरेलसमेत छन् । रोचक त के छ भने अनेजपत्नी सरस्वती एक पाकिस्तानी पुरुषसँग लन्डनमै सार्वजनिक स्थानमा सम्भोगरत अवस्थामा स्थानीय प्रहरीको फेला परेर कारबाही भोगिसकेकी महिला हुन् । पैसाका लागि जेसुकै गर्न पनि पछि नपर्ने यस जोडीलाई कानुनी कारबाही हुनुपर्ने त आफ्नै ठाउँमा छँदै छ, सामाजिक बहिष्कारसमेत गरिनुपर्ने पीडितजनको पुकार छ ।
– अञ्जली केसी एवम् पीडितहरू
हाल ः निमरोड स्ट्रिट, लन्डन

हत्या गर्दा ‘रोगी’, विदेश जाँदा ‘स्वस्थ’ ?
हत्याको अभियोगमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्वतले तारेखमा छाडेको सन्दर्भ यहाँ गर्माएको छ । पर्वत जिल्लाको दक्षिणी भेकमा पर्ने भँगरा गाविस– ८ निवासी उदयप्रसाद सुवेदीका छोरा रामुप्रसाद सुवेदीले आफ्नै ९० वर्षीया हजुरआमालाई टाउकोमा फलाम र ढुङ्गा प्रहार गरी हत्या गरेको बयान प्रहरीसमक्ष दिएका थिए । करिब पाँच वर्षअगाडि हत्याको अभियोगमा सुवेदीलाई पटक–पटक पक्राउ गर्ने र छाड्ने गरिएको थियो । हजुरआमाको हत्यापछि मगज बिग्रिएको भनेर उनलाई तारेखमा छुटाइए पनि उनी लगत्तै रोजगारीको निम्ति बिदेसिएका थिए ।
वैदेशिक रोजगारीमा जानुपूर्व स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएपछि मात्रै वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था ऐनमा रहेको छ । रोजगारीमा जाने मुलुकमा समेत कामदारको स्वास्थ्य परीक्षण हुने गर्दछ । कुनै किसिमको अस्वस्थता भए सम्बन्धित देशले तत्काल स्वदेश फर्काइदिने व्यवस्था छ । तर, सुवेदीको स्वास्थ्य परीक्षणमा न यहाँ समस्या देखियो न त विदेशमै । यसप्रकार स्वास्थ्य अवस्था ठीक भएका उनी लामो समय वैदेशिक रोजगारीमा बसेर केही महिना पहिले नेपाल फर्किएका थिए । कुश्माबजारमा रहेकी उनकी बहिनीले ‘घुस दिएर कुरो मिलाइसकेकी छु, अब दाइ (अभियुक्त रामु सुवेदी)लाई कसैले केही लछारपाटै लाउन सक्दैन’ भन्ने दाबी गरेपछि उनी खुल्ला रूपमा गाउँ प्रवेश गरेका थिए ।
यस क्रममा एमआरपी (राहदानी) बनाउन जिल्ला प्रशासन कार्यालय पर्वत जाँदै गर्दा उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले फेरि पक्राउ गरेको थियो । तर, पक्राउ परेपछि राजनीतिक दलका नेता र उच्च प्रशासनिक बलको आडमा हाल उनलाई फेरि तारेखमा छाडिएको छ । अब उनले गाउँका अन्य कसैलाई त्यसैगरी ढुङ्गाले टाउकोमा हिर्काएर मारे भने पनि कुनै समस्या आउने भएन कि कसो हो ? यस्तै त्रासयुक्त सवाल यतिबेला स्थानीयवासीमा पैदा भएको छ । पैसा हुनेलाई कानुन लाग्दैन कि कसो ? अभियुक्त सुवेदीले प्रहरीसमक्ष दिएको बयान जिल्ला प्रहरी कार्यालयमा जस्ताकोतस्तै छ । घरपरिवार र बहिनीले ढुक्क भएर हिँडडुल गरे हुन्छ भनेपछि मात्रै उनी वैदेशिक रोजगारीबाट फर्किएर चितवन हुँदै आफ्नो स्थायी घर पर्वत आएका थिए ।
– सुदर्शन रेग्मी, प्रह्लाद पौडेल, पर्वत