विषालु सर्पको टोकाइबाट कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोल स्थित १६ वर्षीया रिया बर्माको मृत्यु भएको छ ।
बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले टोकेको थियो । उपचारका लागि शुरुमा कपिलवस्तु अस्पताल र त्यसपछि थप उपचारको लागि सर्वदर्शन उपचार केन्द्र गोरसिङ्गे लगिएको थियो । तर, त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो ।
तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयमा एसइई पास गरेकी उनको कक्षा ११ पढ्ने सपना अधुरो रह्यो । waiting for death (मृत्युको पर्खाइमा) नामबाट टिकटक आइडी खोलेकी उनको मृत्युसमेत संयोगले नै भएजस्तो देखिएको छ ।
प्रतिक्रिया