आजको राशिफल (मंगलबार, १० पुस २०७५, दिसम्बर २५, २०१८)

आजको राशिफल (मंगलबार, १० पुस २०७५, दिसम्बर २५, २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि – भागदौड तथा व्यस्तता रहला । भ्रमण र खर्च बढ्ला । ठग विश्वासघाती आदिदेखि सचेत रहनुपर्नेछ । विवादमा नपर्नु उचित हुनेछ । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर गर्दा विशेष सचेत रहनुपर्नेछ ।

वृष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा–उत्साह बढ्ला । यात्रामा सफलता मिल्नेछ । साथीभाइको सहयोग मिल्नेछ । लेखन प्रकाशनसँग सम्बन्धित काम बन्नेछ । सुख–समृद्धि बढ्ला ।

मिथुन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । मान–पुरस्कार भेटिएला । सुख–शान्ति बढ्नेछ । पारिवारिक सुख बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

कर्कट राशि – सुख–समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । अन्नधन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

सिंह राशि – खर्च बढ्ला । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । हासविलासमा पनि आकर्षण बढ्ला । सामान हराउने र भुलचूक हुनसक्ने कुरामा सचेत रहनुपर्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित होला ।

कन्या राशि – अन्नधन बढ्ला । सुख–शान्ति बढ्नेछ । आय वृद्धि हुनेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

तुला राशि – दिन शुभ र सफलतादायक रहला । यश वर्चश्व बढ्नेछ । धन, पद, प्रतिष्ठा बढ्नेछ । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । हाकिमको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – यात्रा हुनेछ । भाग्यवर्द्धक काम बन्नेछ । धर्म–कर्ममा रुचि बढ्नेछ । सुख–आनन्द बढ्ला । ख्याति फैलिनेछ ।

धनु राशि – शारीरिक र आर्थिक जोखिमको काममा सचेत रहनुपर्नेछ । कानूनलाई उपेक्षा नगर्दा उचित रहला । स्वास्थ्य र चोटपटक लाग्नसक्ने कुराप्रति सचेत रहनुपर्नेछ ।

मकर राशि – सुख–आनन्द बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । जीवनसाथीको साथ पाइनेछ । आर्थिक प्रगति होला । मिठो भोजन मिल्नेछ ।

कुम्भ राशि – आरोग्यता बढ्ला । आर्थिक सफलता मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्ला । विजयश्री मिल्नेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । सुख–शान्ति बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । गीत–संगीतमा आकर्षण बढ्ला । आमोदप्रमोदमा रम्ने योग छ ।