आजको राशिफल (बुधबार, ११ पुस २०७५, दिसम्बर २६, २०१८)

आजको राशिफल (बुधबार, ११ पुस २०७५, दिसम्बर २६, २०१८)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि – दिन मिश्रित फलदायक रहला । भागदौड चलिरहन्छ तर समस्याको समाधान मिल्नेछ । अरुको भरमा बस्नु र विवाद आदिमा पर्नु उचित हुनेछैन । स्वास्थ्यमा ध्यान राख्नुहोला । व्यर्थको खर्चप्रति पनि सचेत रहनुपर्नेछ । महत्वपूर्ण कार्यमा ध्यान दिनुहोला ।

वृष राशि – इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्नेछ । प्रेमिल पात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिथुन राशि – धन, यश, मान, सुख, समृद्धि बढ्नेछ । सभा–समारोहमा मान–पुरस्कार पाउनुहुने छ । भोजतेरमा भाग लिनुहुनेछ ।

कर्कट राशि – दिन शुभ र भाग्यवर्द्धक छ । मनोकुलको काम बन्नेछ । मिठो भोजन मिल्ला । धन, यश, मान, बढ्नेछ ।

सिंह राशि – खर्च बढ्नेछ । भागदौड भैरहला । महत्वपूर्ण वस्तु हराउने डर रहला । लापर्वाही नगरेर सोचिविचारी योजना र बजेट बनाइ काम गर्नु राम्रो रहनेछ । बेलुकी ६ः३९ पछि शुभ र भाग्यवरद्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या राशि – समय लाभदायक र उन्नतिकारक रहनेछ । सुख–आनन्द बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

तुला राशि – कर्मयोगी रहनुहुनेछ । मान महत्व बढ्नेछ । कार्य क्षेत्रमा उन्नति–पदोन्नति हुनेछ । राजकीय कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । धन, यश, मान, सुख सौभाग्य वृद्धि हुनेछ । खोज अनुसन्धान तन्त्र–मन्त्रमा आकर्षण बढ्ला ।

धनु राशि – संयम र विवेकले काम गर्नुपर्ला । जोखिमदेखि सावधान रहनुपर्नेछ । स्वास्थ्य र दूर्घटनाप्रति सचेत रहनुपर्नेछ ।

मकर राशि – सुख, यश, मान, धन, समृद्धि सफलता मिल्नेछ । रसराग भोगविलासमा रुचि बढ्ला ।

कुम्भ राशि – आरोग्यता बढ्ला । धन सम्पत्ति बढ्नेछ । सुख आनन्द वृद्धि हुनेछ । विजयश्री मिल्नेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख आनन्द बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । गीत–संगीतमा रुचि बढ्नेछ । सन्तान सुख बढ्ला । मित्रमिलन हुनेछ ।