आजको राशिफल (विहीबार, १२ पुस २०७५, दिसम्बर २७, २०१८)

आजको राशिफल (विहीबार, १२ पुस २०७५, दिसम्बर २७, २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि – चन्द्रमा राशिदेखि पाँचौँ स्थानमा भ्रमणशील छ । ग्रहगोचरको प्रभाव स्वरुप प्रेममा सफलता मिल्नेछ । शैक्षिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । सुखशान्ति आनन्द बढ्नेछ ।

वृष राशि – खर्च बढ्ला । दौडधुप चलिरहला । व्यर्थको यात्रा हुने, ठगिने आदि डर रहला । स्वास्थ्य विशेषगरी खानपान तथा पाचनमा ध्यान राख्नुपर्नेछ । अरुको भर नपर्नु नै उचित रहनेछ ।

मिथुन राशि – आँट–उत्साह बढ्नेछ । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसँग सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

कर्कट राशि – धन, मान सुख–समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश–गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

सिंह राशि – सुख–सफलता मिल्नेछ । मान–सम्मान प्राप्त हुनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिष्टान्न भोजन मिल्ला । भोगविलासको अवसर भेटिएला ।

कन्या राशि – रसरागमा आकर्षण बढ्नेछ । खेलकूदमा रुचि बढ्ला । लगानी बढ्नेछ । लापर्वाही नगरी विवेक लगाएर योजनानुसार गर्नु उचित हुनेछ ।

तुला राशि – लाभ मिल्ला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । उधारो लगानी लगाएको धन उठ्ला । सुख–समृद्धि बढ्नेछ ।

वृश्चिक राशि – मनोकुलको काम बन्नेछ । यश वर्चश्व बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । राजकीय कार्य बन्नेछ । हाकिमको साथ–समर्थन मिल्नेछ ।

धनु राशि – यात्रा हुनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्ला । मान, यश बढ्नेछ । ख्याति फैलिएला । दुःख–दरिद्री भाग्नेछ । सुख–शान्ति बढ्नेछ ।

मकर राशि – दिन मध्यम फलदायक रहनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । स्वास्थ्य र चोटपटक लाग्न सक्ने कुराप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ राशि – सुख–आनन्द बढ्नेछ । साझेदारीको काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । धनसम्पत्ति बढ्नेछ ।

मीन राशि – आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । सुख–शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौभाग्यमा वृद्धि हुनेछ ।