आजको राशिफल (शुक्रबार, १३ पुस २०७५, दिसम्बर २८, २०१८)

आजको राशिफल (शुक्रबार, १३ पुस २०७५, दिसम्बर २८, २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि – सुख आनन्द बढ्नेछ । विद्या र बुद्धि बढ्ला । कला, साहित्य, बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तान सुख बढ्नेछ । गीत–संगीतमा रुचि बढ्ला ।

वृष राशि – आज विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ, यद्यपि आज बढि नै मिहेनत गर्नुपर्ला । सोचिविचारी काम गर्नुपर्ला र स्वास्थ्यमा पनि ध्यान राख्नुपर्नेछ ।

मिथुन राशि – विकासको नयाँ सम्भावना देखापर्नेछ । आँट–उत्साह बढ्नेछ । सुख–सम्पति बढ्ला । यात्रामा सफलता मिल्ला । ऐश्वर्य वृद्धि हुनेछ ।

कर्कट राशि – आर्थिक पक्ष बलियो बन्नेछ । धन, मान, सुख, सम्पति बढ्नेछ । वार्तामा सफल हुनुहुनेछ । सभा–समारोहमा भाग लिनुहुनेछ ।

सिंह राशि – ग्रहगोचर शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्नेछ । सुख–आनन्द वृद्धि होला । मान महत्व बढ्नेछ ।

कन्या राशि – खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । रस–विलासमा रुचि बढ्ला । खर्च बढ्नेछ । अरुको भर पढ्नु र लापर्वाही गर्नु उचित हुने छैन ।

तुला राशि – ग्रहगोचर लाभदायक र उन्नतिवर्द्धक रहनेछ । धनसम्पत्ति वृद्धि होला । रोकिएको काम बन्नुको साथै उधारो लगाइएको धन उठ्नेछ । आफन्त–सुख मिल्नेछ । इच्छा पूरा होला ।

वृश्चिक राशि – कार्यमा सफलता मिल्नेछ । यश–वर्चश्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । राजकीय कार्य बन्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । विजयश्री प्राप्त होला ।

धनु राशि – चन्द्रमा राशिदेखि आठौं स्थानमा भ्रमणशील रहला, अतः कुनै पनि प्रकारको शारीरिक र आर्थिक जोखिमपूर्ण कामप्रति सचेत रहनु उचित हुनेछ । लोभलालच र लापर्वाही नगर्दा बेस रहनेछ ।

मकर राशि – सुख शान्ति बढ्ला । धन–सम्पत्ति बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । मान–सम्मान बढ्नेछ । मिठो भोजन मिल्नेछ । कार्य क्षेत्रमा सफलता प्राप्त होला ।

कुम्भ राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला ।

मीन राशि – इष्टमित्रको सहयोग–समर्थन मिल्नेछ । प्रेममा सफलता मिल्ला । पारिवारिक सुख–शान्ति बढ्नेछ । सन्तान सुख वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागमा बढोत्तरी हुनेछ ।