आज शनिबार (१४ पुस २०७५, दिसम्बर २९, २०१८) को पञ्चाङ्ग एवम् राशिफल

आज शनिबार (१४ पुस २०७५, दिसम्बर २९, २०१८) को पञ्चाङ्ग एवम् राशिफल


जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

श्री सूर्योदक्षिणायने विरोधकृत नामक संवत्सर हेमन्त ऋतु श्रीशाके १९४० नेपाल सम्वत् ११३९ वि.सं. २०७५ पुस १४ गते तद्अनुसार सन् २०१८ दिसम्बर २९ तारिख शनिबार पौष कृष्णपक्ष सप्तमी तिथि ८/५१ पर अष्टमी तिथि, उत्तरा फाल्गुनी नक्षत्र १४/८ मा हस्ता नक्षत्र, शौभाग्य योग १४/२७ मा शोभन योग बालव करण चन्द्रमा कन्या राशिमा । काठमाडौंमा सूर्योदय विहान ६/५५मा र सूर्यास्त १७/१६मा हुनेछ । शुभ समय– अभिजित/११/४५ देखि १२/२७ अशुभ समय– राहु काल– ९/३० देखि १०/४८ दिशा शूलपूर्व ।

आजको राशिफल (शनिबार, १४ पुस २०७५, दिसम्बर २९, २०१८)

मेष राशि – आरोग्यता बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । पारिवारिक सुख–शान्ति वृद्धि हुनेछ ।

वृष राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको साथ मिल्ला । सुख आनन्द बढ्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

मिथुन राशि – भागदौड भैरहला । खर्च बढ्ने अनावश्यक यात्रा हुने सम्भावना रहने छ । सोचविचार गरी योजना बनाएर काम गर्नु उचित रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु कष्टदायक सावित हुनेछ ।
कर्कट राशि – विकासको नयाँ सम्भावना देखा पर्नेछ । आशा, आँट, उत्साहमा बढोत्तरी हुनेछ । सुख ऐश्वर्य बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशन आदिसित सम्बन्धित काम पनि बन्नेछ ।

सिंह राशि – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कारको प्राप्ति होला । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या राशि – समय शुभ र सौभाग्यशाली छ । मनोकूलको काम बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन खान पाइनेछ । आफन्तको मिल्ला । मन प्रशन्न रहनेछ ।

तुला राशि – खर्च बढ्नेछ । भागदौड भैरहला । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । सामान हराउने डर रहला । भुचचुक नहोस् भनेर ध्यान राख्नुपर्नेछ ।

वृश्चिक राशि – अन्नधन वृद्धि हुनेछ । घरपरिवारको स्थिति सन्तोषजनक रहने छ । आयस्रोत बढ्नेछ । रोकिएको काम बन्ने र लगानी उठ्ने सम्भावना पनि रहनेछ ।

धनु राशि – कर्म पथमा अग्रसर रहिरहनु हुनेछ । सुख सम्पत्ति वृद्धि हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । राजकीय कार्य बन्ला । यश वर्चश्व वृद्धि हुनेछ ।

मकर राशि – यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मनोकुलको कार्यमा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।

कुम्भ राशि – चोटपटक र स्वास्थ्यमा ध्यान राख्नुपर्ला । जोखिमपूर्ण काममा नपर्नु नै उचित हुनेछ । नियमकानूनलाई ध्यानमा राख्नु पर्नेछ ।

मीन राशि – मिठो भोजन खान पाइनेछ । सुख आनन्द बढ्ला । मान सम्मान बृद्धि होला । धनसम्पत्ति बढ्नेछ । रसरङ्गमा आकर्षण बढ्ला । साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ ।