दुई सातादेखि वडाध्यक्ष बेपत्ता, परिजन चिन्तित

दुई सातादेखि वडाध्यक्ष बेपत्ता, परिजन चिन्तित


– मुक्तिनाथ भुसाल, अर्घाखाँची

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) करिव दुई सातादेखि सम्पर्कविहीन बनेका छन् ।

गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले पत्रकार सम्मेलन मार्फत् जनाएअनुसार सदरमुकाम सन्धिखर्क जाने भन्दै यही पुस २ गते विहान ७ः२० मा घरबाट हिँडेका वडाध्यक्ष त्यसयता कतै सम्पर्कमा छैनन् ।

मालारानी गाउँपालिकाको डाडाँकटेरीमा जन्मिएका ४१ वर्षीय भुसाल (विनोद) को परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । सम्पर्कविहीन भुसालको साथमा मोबाइल फोन नरहेकोले पनि खोजतलासमा ब्यवहान पुगेको बताइएको छ । आफन्त तथा इष्टमित्रकहाँ सम्पर्क गर्दा फेला पार्न नसकेको परिवारले जनाएको छ ।

यसरी एकाएक वडाध्यक्ष वेपत्ता भएको सन्दर्भलाई दुःखद र रहश्यमयी मानिएको छ ।