नेपाल आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि ५ जना प्रतिस्पर्धामा छन् । गोपाल खड्का भ्रष्टाचार मुद्दामा मुछिएर पदबाट बर्खास्त भएपछि खुला प्रतिस्पर्धाबाट नयाँ कार्यकारी निर्देशक छनोट गर्न लागिएको हो ।
कार्यकारी निर्देशक छनोटका लागि आह्वान गरिएको खुला प्रतियोगितामा आवेदन दिने अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुर खड्का र सुरेन्द्रकुमार पौडेलबीच प्रतिस्पर्धा हुने भएको हो । अहिले शुशील भट्टराई निगमको निमित्त कार्यकारी निर्देशक छन् ।
आवेदन दिनेमध्ये शैक्षिक योग्यता, अनुभव, व्यवसायिक कार्ययोजना र मामला अध्ययनका आधारमा उच्चम अंक प्राप्त गर्ने ५ जना अन्तर्वार्ताका चयन गरिएको छनोट तथा सिफारिस समितिले जनाएको छ । समितिका अनुसार छनोट भएकाहरुको आगामी पुस १९ गते अन्तर्वार्ता हुने भएको छ । अन्तर्वार्ताका लागि छनोट भएका आवेदकले व्यवसायिक कार्ययोजनासहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा उपस्थित हुन समितिले सूचित गरेको छ ।
प्रतिक्रिया