मुलुकमा सामाजिक सद्भाव विथोल्ने प्रयास हुँदैछ : प्रधानमन्त्री

मुलुकमा सामाजिक सद्भाव विथोल्ने प्रयास हुँदैछ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभाव बिथोल्ने प्रयास भईरहेको भन्दै राष्ट्रिय एकतामा जोड दिएका छन् ।

तमु ल्होसार पर्वको अवसरमा आज काठमाडौंको टुँडिखेलामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सद्भाव बिथोल्ने प्रयास गर्नेलाई परास्त गरेर अघि बढ्न आह्वान पनि गरे । संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हट्न नसक्ने उल्लेख गर्नुभएका प्रधानमन्त्री ओलीले सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्नुको विकल्प नरहेको पनि दोहो¥याए ।

प्रधानमन्त्री ओलीले सरकार सबै क्षेत्रको विभेद अन्त्य र पछाडि परेका समूदायलाई अघि बढाएर मुलुक समृद्ध बनाउने प्रयासमा रहेको पनि बताउनु भयो ।