सडक दुर्घटनामा १९ घाइते

सडक दुर्घटनामा १९ घाइते


गएराति नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगामा बस र ट्रक एक–आपसमा ठोक्किँदा बसमा यात्रारत १९ यात्रु घाइते भएका छन् ।

भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको ग.१ख ८५७७ नम्बरको ट्रक र काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना.५ख ८०४४ नम्बरको बस एक–आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको अवस्था केही जटिल र बाँकी १३ को अवस्था सामान्य रहेको बताइएको छ । घाइतेको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । बसमा ३५ जना यात्रु यात्रारत रहेको बताइएको छ ।