चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु. १५ करोडबराबरको १५ लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता रु. १०० मा साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने र उक्त साधारणसभामा साधारण सेयर बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । कम्पनीले चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँको १० प्रतिशतको दरले हुन आउने साधारण सेयर बिक्रीका लागि साधारणसभाले प्रस्ताव पारित गर्नेछ ।
०७३ देखि सञ्चालनमा आएको उक्त केबलकारले काठमाडौं उपत्यकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत रु. एक अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण सेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । केबलकारमा आईएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् ।
प्रतिक्रिया