सेयर निरन्तर ओरालो

सेयर निरन्तर ओरालो


धितोपत्र बजारमा आज पनि सेयरको मूल्य घटेको छ । लगातार घट्दै आएको बजार आज पनि पाँच दशमलव ४२ बिन्दुले घटेर एक हजार १ सय ८० दशमलव ४३ बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव २८ बिन्दुले घटेर २५० दशमलव ५३ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कुल १५४ कम्पनीको सात लाख ५१ हजार ४११ कित्ता सेयर रु २५ करोड ७६ लाख सात हजार १ सय ६६ मूल्यमा खरिद–बिक्री भए ।

स्टकका अनुसार आज कारोबार भएका कुल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै सेयर बढेको छ । त्यसमा व्यापार दुई दशमलव ७९ र लघुवित्त ६ दशमलव ५९ बिन्दुले बढेका छन् । बैंकिङ चार दशमलव ४४, होटेल पाँच दशमलव ७९, विकास बैंक तीन दशमलव शून्य एक, जलविद्युत १२ दशमलव ६२, वित्त शून्य दशमलव ८६, निर्जीवन बिमा आठ दशमलव ४३, उत्पादन नौ दशमलव २१, अन्य पाँच दशमलव ६८, जीवन बिमा ६८ दशमलव ३९ बिन्दुले घटेका छन् ।

घटेको बजारमा कालिका लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी, साल्ट टे«डिङ लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । अरुण काबेली पावर लिमिटेड, हाथवे फाइनान्स कम्पनी, गुराँस फाइनान्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।